मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी ( जसपा) का पर्सा जिल्ला सचिव तबरेज अहमदले जसपा र नेकपा एमाले बिच भएको चुनावी गठबन्धनको स्वागत गरेका छन् ।
समाजिक सन्जाल फेसबुकमा आफनो प्रतिक्रिया सार्वजनिक गर्दै जसपा सचिव अहमदले पाँच दलिय गठबन्धन र प्रतिगमनको नाममा जसपा सती जान तयार नभएपछि एमालेसंग चुनावी गठबन्धन गर्नु पर्ने परिस्थिती आएको बताएका छन् ।
गठबन्धन, सरकार र प्रतिगमन यी तीन विषय फरक भएको भन्दै अहमदले भनेका छन्,‘ गठबन्धनको नाममा कसैको अस्तित्वलाई नस्विकार्ने र उसको पहिचानलाई मिटाउने प्रयास गर्ने गठबन्धनको माला जपेर केही काम छैन ।उनले चुनावी गठबन्धन परिस्थितीको उपज भएकाले मधेसका मुद्धासंग त्यसलाइ जोडेर विश्लेषण गर्नु वा टिप्पणी गर्नु उचित नहुने बताएका छन् ।
एमालेसंगको चुनावी गठबन्धन पछि सामाजिक सन्जालमा जसपा प्रति गरिएका नकरात्मक टिप्पणी , प्रतिक्रिया र आलोचनाले देशभित्रका सम्पुर्ण शोषण र उत्पीडिनमा परेकाहरुको भरोसाको केन्द्र जसपा नै एकमात्र पार्टी हो भन्ने कुरा पुष्टि भएको अहमदमको भनाइ छ ।
उनले भनेका छन्,‘ मेरो प्रश्न पनि छ , जसपाको संसदीय शक्ति बढेर कसरी मधेसी मुद्धा कमजोर हुन्छ । त्यसैले जसपाले अहिले गरेको निर्णय पार्टी र मधेसी जनताको हितमा नै भएकाले जुसपा एमाले गठबन्धनका उम्मेदवारलाइ विजयी बनाउन एकजुट भएर लाग्न उनले अपिल पनि गरेका छन् ।
The post जसपा–एमाले गठबन्धन मधेसीको हितमा छ : जसपा सचिव तबरेज अहमद appeared first on Madhes Khabar.
प्रतिक्रिया