मधेसखबर
वीरगन्ज ,२२ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मियाँलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
लाेसपाले सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेपछि टिकट नपाउने भएपछि मियाँ एमाले प्रवेश गरेका हुन् ।गठबन्धनबाट बारा ४ मा नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ उम्मेदवार बन्ने निश्चित जस्तै छ।
मियाँलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।
The post बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश appeared first on Madhes Khabar.
प्रतिक्रिया