वीरगंज, २६ असोज ।
बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर ५ प्रस्टोकामा बुधवार दिउँसो एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् ।
बाराको प्रस्टोका गाउँँभन्दा दुर्ई किलोमिटर उत्तरमा रहेको ढोरा खोला किनारमा बस्ने दीपेन्द्र चौधरीको २५ बर्षीया श्रीमती सुजता चौधरी र निजको तीन वर्षीया छोरी ताहिरा चौधरी तथा छोरा १६ महिनाको शिशु राजविर चौधरी मृत अवस्थामा आज अपराह्न २ः३० बजे स्थानीय बासिन्दाले खोला किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा बाराको प्रसौनी गाउँँपालिका–५ स्थित प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुर्ई नाबालक सन्तानलाई उनकै पतिले हत्या गरेको थाहा भएको छ । हत्या आरोपमा सुजाताका श्रीमान् दीपेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्ना दुर्ई छोराछोरी र पत्नीको हत्या गरेर उनी वीरगंज गए । वीरगञ्जमा दीपेन्द्र दुर्घटनामा परेका उनको ढाडको हड्डी टुटेको छ । प्रहरीको निगरानीमा उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । असोज २४ मा बिहान 'गँगटा मार्न जाउँ' भनेर दिपेन्द्रले पत्नी सुजाता, १६ महिने छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरालाई ढोरा खोलामा लिएर गए ।
प्रसौनी–७ स्थित सो खोलामा पत्नी र छोराछोरीलाई छाडेर मध्यान्ह १ बजेतिर उनी घर फर्किएका थिए । घरमा आएर दाब लिएर साइकल चढेर उनी फेरी खोलातिर फर्केको उनका बुवा–आमाले प्रहरीलाई बताएका छन् ।
सुजाता र दुर्ई सन्तानको घाँटी काटिएको छ । मृतकका श्रीमानले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बाराका एसपी होविन्द्र बोगटीले बताए । एसपी बोगटीले भने–'हत्या गरेर आरोपी वीरगंज गएको र मंगलवार बिहान २ बजेतिर दुर्घटनामा परेको अनुसन्धानबाट खुलेको छ ।'
ढोरा खोलामा पुग्न उनीहरूको घरबाट अरू दुर्ईवटा खोला तरेर जानुपर्छ । असोज २५ मा बिहान वीरगञ्जबाट घर फर्किँदा उनी दुर्घटनामा परेका हुन् । साइकल दुर्घटनामा परेपछि वीरगञ्जको नारायणी अस्पतलामा भर्ना भएका उनलाई सो अस्पतालले एलएल न्यूरो अस्पतालमा रिफर गरेको थियो ।
पत्नी सुजाता र हत्या आरोपीको बीचमा सम्बन्ध राम्रो थिएन । पर्सास्थित माइतीघरमा बसेकी सुजातालाई उनले असोज २२ मा घर लगेका हुन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार 'भत्ता कार्ड' बनाउने बहानामा उनले पत्नीलाई फकाएर घरमा लगेका थिए ।
ससुराली पक्षले सुजाता र बच्चा हराएको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी शुरू गरेको थियो । बुधवार अस्पतालमा आरोपीले ससुरालाई भने–'खोलामा घाँटी काटेर फालेको अवस्थामा मैले देखेको थिएँ।' त्यसपछि प्रहरी पुगेर हेर्दा ३ जना मृत अवस्थामा भेटिए ।

प्रतिक्रिया