मधेसखबर
वीरगन्ज ,२६ असाेज : वीरगन्जकाे सिद्धार्थ माध्यमिक विधालयमा रहेकाे आशा किरण केन्द्रका सुस्तमनस्थिती, सेरिब्रल पाल्सी र मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाइ “तिमी सङ आन्विका” नामक संस्थाले शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरेकाे छ ।
आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको अध्यक्षता तथा सामाजिक अभियन्ता एवं आन्विका संस्थाका प्रतिनिधि अनिल ज्यासवालकाे प्रमुख आतिथ्यतामा भएकाे स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सन्दिप मोहता, डा.असोक दास, प्रधानाध्यापक अनिल वर्णवालले मस्तिष्क पक्षघातका बच्चाहरुको बारेमा प्रस्ट पार्दै उक्त क्षेत्रमा थोरै भए पनि सहयोग र योगदान गर्ने सबैमा आभार व्यक्त गरे ।
आशा किरण केन्द्रका बच्चालाई “विश्व मस्तिष्क पक्षघात दिवस” को प्रत्येक वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गरि बच्चाहरुलाई सहयोग गर्दै आएकोमा केन्द्रका महासचिव श्रीवास्तवले “तिमी सङआन्विका” नामक संस्थालाई धन्यवाद दिनुका साथै आन्विकाको सुस्वास्थ एवं उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा दिवाकर आमात्य, सुनिल शाह, बालबालिका, अभिभावकहरु, शिक्षिका रजनि वर्मा, सिन्धु कुश्वाहा लगायतको उपस्थिति थियोे ।
The post फरक क्षमताका बालबालिकालाई स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण appeared first on Madhes Khabar.
प्रतिक्रिया