मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे ठाेरी स्थित नेपाल भारत सीमा नजिकबाट सशस्त्र प्रहरीले लागु ओैषध गाजा २० केजी बरामद गरेकाे छ ।
विजयवस्ती स्थित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्टबाट खटिएकाे टाेलीले नेपाल भारतको सीमा नजिकबाट २० किलो गाजा बरामद गरेको हाे ।
सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र कुमार बहडखेरको नेतृत्वमा खटिएकाे टाेलीले बुधबार बिहान ८ बजे तस्करले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजादै गरेको गाजा बरामद गरेकाे हाे । तस्कर भने सशस्त्र प्रहरीलाई देखेपछि गाजा फालेर मोटरसाइकलमा भारत तिर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाजा ठोरी ४ का वडाध्यक्ष मानबहादुर थिङको रोहबरमा इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
The post ठाेरीबाट २० केजी गाजा बरामद appeared first on Madhes Khabar.
प्रतिक्रिया