मधेसखबर
वीरगन्ज ,०८ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यका लोसपा उम्मेदवार लक्ष्मणलाल कर्णले चुनावी प्रचारका क्रममा आफुलाई “टुरिष्ट उम्मेदवार” पनि भन्ने गरेको बताएका छन् ।
तर राष्ट्रिय राजनीति गर्ने नेताले देशको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्नुपर्ने भएकाले विपक्षीहरुको उत्तः आरोपको कुनै तुक नभएको उनको भनाइ छ ।
वीरगन्जको रायल पार्टी प्यालेशमा मङगलबार आयोजित कार्यक्रममा सत्तागठबन्धनका साझा उम्मेदवार कर्णले निर्वाचन क्षेत्र परिवर्तन गर्ने आफ्नो निर्णयको बचाउ गर्दै यस्तो बताएका हुन् ।
कर्ण २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनीधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । तर यसपटकको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा उनी उम्मेदवार बनेका छन् ।
यसअघि आफुले जितेको आफ्नो निर्वाचन क्षेत्र ४ छोडेर क्षेत्र नम्बर १ मा आएपछि उनको आलोचना पनिा भइरहेको छ ।
कर्णले भने ,‘ ‘चार नम्बरबाट किन १ नमबर क्षेत्रमा आएको भनेर सोध्छन्, टुरिष्ट नेता पनि भनिदिए मलाई तर म एउटै कुरा भन्छु, केन्द्रीय राजनीति गर्ने हो भने सम्पूर्ण नेता तयार हुनुपर्छ , देशको कुनैपनि क्षेत्रमा गएर लड्न सक्नु पर्छ ।
अन्तिम समयमा आएर पार्टी लोकतान्त्रिक गठबन्धनमा सामेल भएका कारण आफूले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपरेको उनको भनाई छ । ‘मेरो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक बाम गठबन्धनमा अन्तिम समयमा प्रवेश ग¥यो । गठबन्धनको निर्णय अनुसार मैले ४ नम्बर पाइन, १ नम्बरबाट टिकट पाएँ । सहज रुपमा स्वीकार गरें’, उनले भने ।
नेता कर्णले आफू कोहसँग प्रतिस्पर्धा गर्न नभई जित्न उठेको बताए । ‘कसैलाई हराउन हैन, म आफू जित्नलाई उठेको छु, जितेर देखाउँछु । अब कोही हार्छ भने मेरो भन्नु केही छैन’, उनले भने ‘यो लोकतन्त्र हो । जसलार्ई इच्छा छ लड्न सक्छन् । मैले कसैलाई नलड भन्न सक्दिन, भन्दा पनि भन्दिन ।’ साभार : अनलाइनखबर
The post पर्सा १ मा चुनाव लडेका कर्णको गुनासो : मलाई “ टुरिष्ट उम्मेदवार ” पनि भन्छन् appeared first on Madhes Khabar.
प्रतिक्रिया