मधेसखबर
वीरगन्ज, १८ असोज :मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका वडा नंबर ८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अष्टमी (सोमबार)को बेलुकी ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।साभारः अनलाइनखबर
The post मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया