मधेसखबर
वीरगन्ज ,०८ कार्तिक : दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरमा सोमबार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ।
दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
The post झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया