प्रमोद यादव
पर्सा ,१८ भदौँ: पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला परेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १९ ईनर्वा घर भइ
हाल पर्सागढी नगरपालिका ३ बढनियार स्थित माईतिमा बस्दै आएकि ४० वर्षिया सरावती देवी माझीको शव बढनियारको पुनित खोलामा मृत फेला परेको हो ।
मृतकको परिवारका सदस्यले सरावतीदेवी बुधबार राति खाना खाएर सुतेको र त्यसपछि बिहिबार बिहान उनी घरमा नभेटिएको बताएका थिए ।
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।
The post बढ्निहारमा बाराकी महिलाको शव फेला appeared first on Madhes Khabar.
प्रतिक्रिया