Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

SHARE: 520

मधेसखबर
वीरगन्ज , ०३ असोज : तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेलमा रहेका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्याशी रिहा भएका छन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाइ आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्याशी सोमबार वीरगन्ज कारागारबाट रिहा भएका हुन् ।

सोमबार दिउँसो कारागारबाट रिहा गरिएका प्याशीलाइ उनका आफन्त र समर्थकहरु दलबल सहित वीरगन्जमा पुगेर स्वागत गरेका थिए । कारगारबाट रिहा भइ निस्किएका प्याीलाइ उनका आफन्त र समर्थकहरुले कारागारको प्रवेशद्वारमै फुलमाला लगाइ दिएका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनको समयमा बाराको निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका तर्फबाट संविधान सभासद पदमा उम्मेदवारी दर्ता गराएको भोलि पल्ट २०७० असोज १८ गते महमुद आलममाथी परवानीपुरको चावासोती दालमिल अगाडि गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते आलमको २०७० असोज २४ गते काठमाडौंको अस्पतालमा उपचारका क्रममा मृत्यु भएएको थियो।

एमाले निकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो । लामो समयको अनुसन्धानबाट घटना प्याशीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले प्याशीलाई आलमको हत्या भएको तीन वर्ष पछि बाराकै सिमरा स्थित एक होटलबाट पक्राउ गरेको थियो।

प्याशी तत्कालीन एमालेका पूर्वसमानुपातिक सभासद हुन् । उम्मेदवारका आकांक्षी प्याशीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो । आलम हत्यापछि २०७० को संविधानसभा निर्वाचनमा एमालेले उनकी पत्नी नेजमा खातुनलाई उम्मेदवार बनाएको थियो। उक्त चुनावमा आलम पत्नी नेजमाले फराकिलो मतान्तर सहित चुनाव जितेकी थिइन्।

 

तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको आलमको हत्यामा संलग्न रहेको पुष्टि भएपछि २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्याशीलाई बारा जिल्ला अदालतले उनलाई १० बर्षको जेल सजाय सुनाएको थियो । तर जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउदै आलम पत्नि नेजमाले २०७३ कार्तिक ५ गते उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा पुनरावेदन गरेकी थिइन् ।

त्यसपछि उच्च अदालत अस्थायी इजलाश वीरगन्जका एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाइ मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको थियो।

आलमको हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई भने अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम १० बर्षको फैसला सुनाएको थियो ।

The post आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा
आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/pyashi11.jpg?resize=1024%2C563&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_816.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_816.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content