Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव

SHARE: 520

मधेसखबर
वीरगन्ज ,१३ असाेज : वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन् । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने, “जलवायु परिवर्तनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।” मन्त्री यादवले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए ।

 

उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए ।

मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसत भन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रुपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताए । सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराए ।

उनले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्ष जनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरू लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्ने समेत स्पष्ट पारे । नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रुपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे ।

नेपालको जलवायु परिवर्तन परिषद् अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डा समन्वय गर्ने संस्थागत निकाय भएको र नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी आवश्यक नीति र सङ्गठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको बताए । नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए ।

नेपालले पनि स्वच्छ ऊर्जा व्यापारमार्फत आफ्नो सिमाना बाहिर न्यूनीकरण योगदानको लागि मान्यता खोज्दै आएको र जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उनले जानकारी दिए । नेपाल जस्ता विकासोन्मुख देशका लागि अनुकूलन बढी महत्व पूर्ण भएको र जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको उनले चर्चा गरे ।

नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको जानकारी गराउँदै मन्त्री यादवले नेपालले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिए । नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए ।साभार: राताेपाटी

The post जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव appeared first on Madhes Khabar.


प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1466,
ltr
item
Brahmastra Daily: जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव
जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG_20220929_173901.jpg?resize=1020%2C514&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_754.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_754.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content