वीरगंज, १० असोज ।
सशस्त्र प्रहरीले लागूऔषधसहित एउटा बसलाई नियन्त्रणमा लिएको छ । आइतवार साँझ ठोरी गाउँपालिका–२ स्थित बिओपी ठोरीले सुवर्णपुरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४०१ नम्बरको नाइट बस चेकजाँच गर्ने क्रममा ४५ सय पिस नाइट्रोभ्याट टयाबलेट बरामद गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले चालक माडी नगरपालिका–८ अयोध्यापुरी बस्ने ४४ वर्षीय लालबहादुर सुनार र सहचालक जीवनपुर बस्ने २५ वर्षीय बासुदेव दर्जीलाई पक्राउ गरेका सशस्त्र प्रहरी बल १३ नं. गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी गराएका छन् ।
प्रतिक्रिया