Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस

SHARE: 520

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,०४ असाेज : विसं २०४७ देखि विद्यार्थी राजनीति सुरु गरेकी रेखा यादव राजनीतिमा महिला सहभागिताका लागि लड्दै आएकी नेतृ हुन् । मधेसका महिलालाई राजनीतिमा आउन अहिले पनि पहिला परिवारसँग, अनि समाज हुँदै राजनीतिक दलभित्र लड्नुपर्ने अवस्था छ ।

 

यिनै अप्ठ्यारा पार गरेर उनी राजनीतिमा होमिएकी हुन् । उनी जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति सदस्यसम्म बनिन् तर उनले पार्टीमा न्याय भएको महसुस गरेकी छैनन् । ‘म आफूलाई राजनीतिमा सधैं पीडित ठान्छु,’ उनी भन्छिन् ।
रेखाका बुबा प्रधानपञ्च थिए । त्यही बेलादेखि उनलाई राजनीतिक रस लागेको हो । उनका अनुसार त्यतिखेर पनि मधेसमा नागरिकताको ठूलो समस्या थियो । नागरिकता अभावले पुरुषभन्दा महिला बढी पीडित थिए । सानैमा बिहे गरिदिने चलन । माइतीले नागरिकता नबनाइदिने । बिहे गरेपछि श्रीमान्ले नागरिकता बनाइदिन आनाकानी गर्ने । नागरिकता नभएका महिलाले कसरी राजनीति गर्ने ? मधेसी समाज र मधेसी महिलाको यही समस्याले आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको उनी बताउँछिन् । ‘म मधेसीकी भाग्यशाली छोरी हुँ,’ उनी भन्छिन्, ‘यस्ता तमाम दिदीबहिनी छन्, जो पहिचान गुमाएर बाँचेका छन् ।’

समाजको मुहार फेर्न उनी राजनीतिमा होमिएको तीन दशक भइसकेको छ । उनले जुन सोच र उत्साहले राजनीति गरेकी थिइन्, व्यवहारमा त्यति सहज भएन । पितृसत्तात्मक समाज, पार्टीभित्र पुरुषहरूको दबदबा, महिलाको कार्यक्षमताको अवमूल्यन जस्ता कारणले उनी खुम्चिनुपर्ने अवस्थामा पुगेकी छन् ।

 

रेखाले २०४७ मा गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी हुन् । त्यसैताका मधेसले नागरिकता अधिकारसम्बन्धी आन्दोलन चलायो । रेखाका अनुसार माघमा सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय भयो । त्यो आन्दोलनमा होमिनेमध्ये अमृता अग्रहरी (अहिले सभासद) र रेखा मात्रै महिला थिए । सिंहदरबार घेराउ गर्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा उनको दाहिने खुट्टा र हात भाँचियो । त्यसपछि २०६२/०६३ सालको जनआन्दोलनमा फेरि अर्को हात भाँचिएको उनले सुनाइन् । उनी अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा राजनीतिक समिति सदस्यको हैसियतमा कार्यरत छिन् । जसपाको केन्द्रीय कार्यकारिणी सदस्यमा महिला ३ जना मात्रै छन् । निर्वाचन आयोगले ३३ प्रतिशत महिला संख्या हुनुपर्ने भने पनि व्यवहारमा लागू हुन नसकेको रेखाको अनुभव छ ।

 

सप्तरी घर भएकी ६० वर्षीया मञ्जु अन्सारीको राजनीतिक यात्रा २०४६ देखि सुरु भयो । गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीमा आउनुअघि उनी घरेलु जीवनमा व्यस्त थिइन् । ब्राह्मण समुदायकी मञ्जुले अन्सारी (मुस्लिम) सँग अन्तरजातीय/अन्तरधार्मिक विवाह गरेकी थिइन् । परिवार सम्हाल्न र छोराछोरी हुर्काउन उनी व्यस्त थिइन् । श्रीमान् राजनीतिमा थिए । गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीले मधेस आन्दोलन सुरु गरेताका मञ्जु घुम्टो उघार्दै राजनीतिमा आइन् । उनका श्रीमान् त्यतिबेला नगर प्रमुख थिए । पञ्चायतविरुद्धको आन्दोलनमा मधेसमा महिला/पुरुष सबैलाई एकजुट गर्न सद्भावना पार्टी घरघरै पुगेको थियो । त्यही बेला उनी औपचारिक रूपमा राजनीतिमा लागिन् ।

सद्भावना पार्टीको केन्द्रीय महिला समितिमा रहेर काम सुरु गरिन् । अन्तरजातीय र अन्तरधार्मिक विवाह गरेकी मञ्जुलाई राजनीतिमा आउनु सजिलो थिएन । ०६२/०६३ को मधेस आन्दोलनमा शारीरिक र मानसिक जोखिम मोल्नुपरेको उनले सुनाइन् । गजेन्द्रनारायण सिंहको निधनपछि सद्भावना छिन्नभिन्न भयो । त्यतिबेला मञ्जु राजनीतिबाट विश्राम लिएर घरै बसिन् । जब मधेसमा फेरि अधिकारका लागि आन्दोलन सुरु भयो, उनी फेरि राजनीतिमा आइन् । आन्दोलन र सडकमा उत्रिनुपर्ने अवस्था आउँदा चुप लागेर बस्न नसकेको उनी बताउँछिन् । ‘सद्भावना पार्टीमा पनि सडकमै उत्रिएर आएकी थिएँ, जनअधिकार फोरममा पनि मधेस आन्दोलनमा होमिएरै आएकी हुँ,’ उनले भनिन् ।

मधेसका अधिकारको सवालमा महिला सधैं अगाडि छन् तर जुन संघर्षले उचाइ दिनुपर्ने हो, त्यसको अभाव रहेको उनको बुझाइ छ । मञ्जुले ०५६ मा पहिलो पटक सांसदका लागि निर्वाचनमा सहभागी भइन् । उनी सम्झिन्छन्, त्यतिबेला महिला निर्वाचनमा उठ्नु धेरै ठूलो कुरा थियो । टिकट दिनुपर्छ भन्ने सोच नै थिएन । मञ्जुले पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहसँग महिला पनि निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने आवाज उठाइन् । सप्तरीमा राजनीति गरेकी उनको जित्ने सम्भावना त्यहींबाट थियो तर उनका श्रीमान् अनिश अन्सारी त्यहाँबाट उठ्ने भए । मञ्जुले श्रीमान्लाई जित्ने ठाउँमा छोडिदिएर हार निश्चित भएको क्षेत्र रौतहटमा पुगिन् । ‘महिलाले जहाँ पनि सम्झौता गर्नुपर्छ,’ उनी भन्छिन्, ‘परिवारदेखि राजनीतिसम्म ।’

राजनीतिमा सक्रियता बढाएकै कारण उनले वैवाहिक सम्बन्धलाई बिट मार्नुपर्‍यो । ०५६ को निर्वाचनमा मञ्जुले राजनीतिलाई बलियो बनाउन लागिन् । जनतामाझ पुग्न र जनसम्पर्क बढाउन थालिन् । उनको चर्चा बढ्दै गयो । राजनीतिक सक्रियता जति बलियो हुँदै गयो, उति उनको दाम्पत्य जीवन कमजोर हुँदै गयो । ‘श्रीमान्ले भोट माग्न जाँदा रातदिन नभनी हिँड्न हुने, मैले भोट माग्न जान निश्चित समय तोक्नुपर्ने चुनौती थियो,’ उनी विगत सम्झिन्छिन्, ‘राजनीतिमा श्रीमती अघि बढ्दै गएको पुरुषले देख्न सक्दैनन् । मैले राजनीति गर्न सम्बन्धविच्छेद गर्नुपर्‍यो ।’

राजनीतिमा महिला सक्रिय हुन आर्थिक अवस्थाले ठूलो प्रभाव पार्ने उनको बुझाइ छ । होस्टेल सञ्चालन गर्दै राजनीति गरिरहेकी मञ्जु भन्छिन्, ‘राजनीतिमा महिलाको उपस्थिति भए पनि मूल्यांकन छैन । आर्थिक, पारिवारिक, सामाजिक र राजनीतिक नेतृत्वको बुझाइले यसमा फरक पार्ने रहेछ ।’

 

राजनीतिमा सक्रिय मधेसकी अर्की नेतृ हुन रञ्जु बर्मा । विराटनगर घर भएकी उनी उतै बसेर राजनीति गर्छिन् । जसपाको पोलिटब्युरो सदस्य रञ्जुको राजनीतिक संघर्ष पनि कम छैन । २०५० मा सद्भावना पार्टीबाटै उनले मोरङ जिल्लाबाट पार्टीको राजनीति गरिन् । उनीसँगै राजनीति सुरु गरेका अञ्जु खड्का राष्ट्रिय योजना आयोगमा सदस्य छिन् । गीता यादव मोरङमा भूमिसुधार आयोगमा सदस्य छिन् । अरू कतिपय महिलाले अवसर नपाएर बीचैमा राजनीति त्यागे पनि । तर, रञ्जुले भने न राजनीतिमा भनेजस्तो अवसर पाएकी छन् न त राजनीति छोड्न सक्ने अवस्थामा छिन् । उनी राजनीतिमा अवसर नपाएर पनि सक्रिय हुनुको एउटै कारण हो– उनका छोराछोरीको प्रेरणा ।

उनलाई याद छ । ०६२/०६३ को आन्दोलनमा मधेस तातेको थियो । ज्यानकै बाजी थापेर सडकमा उत्रिनुपर्ने स्थिति थियो । त्यतिबेला रञ्जुका कान्छो छोरा ७ वर्षका थिए । श्रीमान् र परिवारले आन्दोलनमा नजाऊ, जे पनि हुन सक्छ भनेर सम्झाउँथे । तर, कान्छो छोराले ‘हाम्रो चिन्ता नलिनु, म खिचडी बनाएर खान्छु, तपाईं आन्दोलनमा जानु’ भन्दै हिम्मत दिएका थिए । छोराको त्यही बोलीका भरमा रञ्जु अहिलेसम्म राजनीतिमा छिन् । ‘अवसर पाउनु र नपाउनु भगवान् भरोसा छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ हामी आन्दोलनमा प्रयोग मात्रै भएका हौं कि जस्तो लाग्छ ।’ उनले पटक–पटक समानुपातिकमा सांसदको टिकट माग गर्दा पाउन नसकेको गुनासो गरिन् । ‘यस पटक पनि पार्टीले खस आर्यबाट अन्य महिलालाई समानुपातिकमा छानेको सुनेको छु,’ उनी भन्छिन्, ‘हामीले समानुपातिकमा पनि स्थान पाउन मुस्किल छ । यो कस्तो समानुपातिक प्रणाली हो ?’

 

मधेसकी अर्की सक्रिय नेतृ हुन्– पुष्पा ठाकुर । उनी महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादीमा केन्द्रीय कार्यकारिणी सदस्य छन् । राजनीतिमा उमेर, अनुभव र भोगाइको हिसाबले पुष्पा परिपक्व नेतृ हुन् । ०६२ पछि उनको राजनीतिक उदय भयो । हिन्दी पत्रिका हिमालिनीमा राजनीतिक लेख लेख्दालेख्दै उनलाई राजनीतिमा आउने प्रेरणा जाग्यो । त्यहाँका नेताहरूले नै महिला राजनीतिमा सक्रिय हुनुपर्छ भनेर बल दिए । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएपछि उनले त्यसैबाट औपचारिक राजनीतिक यात्रा थालनी गरिन् । पार्टीले उनलाई अघि बढाउन बल पनि दियो ।

उनले संविधानसभाको दोस्रो निर्वाचनमा महिलाले समानुपातिकबाट होइन, प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाउनुपर्छ भन्ने तर्क राखिन् । सप्तरी क्षेत्र ४ बाट पुष्पा प्रत्यक्ष निर्वाचनमा उठिन् भने मधेसी जनअधिकार फोरमबाट रेणु यादव (जो मन्त्री भइसकेकी छन्) पनि त्यही क्षेत्रबाट उठेकी थिइन् । तर, पुष्पा र रेणु दुवै पराजित भए । ‘महिला चुनावमा उठ्ने कुरैले डराउँथे,’ उनी भन्छिन्, ‘त्यतिबेला प्रत्यक्षमा उठेर हार्नु पनि रेणु र मेरो जित नै थियो ।’ अहिले भने पुष्पाको सोच परिवर्तन भएको छ । प्रत्यक्षमा उठ्ने आँट जुटाउने पुष्पा अहिले समानुपातिकमा भए पनि अवसर पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेकी छन् । त्यो पाउन पनि फलामको चिउरा चपाएजस्तै चुनौती छ उनका लागि । उनी भन्छिन्, ‘मधेसी महिलाले राजनीतिमा बोलीको सम्मान पाए, अवसरको उचित स्थान पाएनन् ।’

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी सदस्य रहेकी जनकपुरकी रुक्मिणी मण्डल मधेस आन्दोलनअघि गृहिणी थिइन् । आन्दोलनमा सक्रिय भएपछि मधेसमा आमूल परिवर्तन आउँछ भन्ने धारणाले उनी राजनीतिमा आइन् । तमलोपा हुँदै लोसपासम्म आइपुग्दा नेताहरूले आफूमाथि छलकपट गरेको उनी बताउँछिन् । तीन पटकसम्म समानुपातिक टिकट पाउन निवेदन गरेकी उनले यस पटक पनि नाम सिफारिस गर्ने भएकी छन् । ‘नेताहरूले हुन्छ भन्ने तर टिकट दिने बेला नामै काटिदिने गर्दारहेछन्,’ उनी भन्छिन्, ‘यसपालि पनि त्यस्तै त होला नि ।’ रुक्मिणीका अनुसार महिला सोझा र साधारण सोचले राजनीति गर्छन् । जसको फाइदा पुरुषले उठाउने गरेको उनले बताइन् ।

२०४७ सालमा मधेसका मुद्दालाई अगाडि सारेर गठन भएको सद्भावना परिषद्पछि नेपाल सद्भावना पार्टीमा परिणत भयो । सद्भावना पार्टीले मधेसका महिलालाई जागरुक गर्‍यो । ०६२/०६३ पछि लागू भएको समानुपातिक निर्वाचन प्रणालीले मधेसी महिलाले राजनीतिमा सक्रिय हुने अवसर पाए ।

मधेसमा विभिन्न चरणमा भएका आन्दोलन र संघर्षका क्षणमा महिला नेतृत्वले साथ दिए । सोही ताका नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी धनुषाकी चन्दा साह, देवता साहलगायत महिला नेता गुमनाम छन् । ०५२ सालमै राजनीति सुरु गरेकी सुनसरीकी कान्ति मिश्र, बिन्दु श्रीवास्तव, विमला सिंह कुशवाह, धनुषाकी विभा ठाकुर, सीतादेवी राय, नीला साह, झापाकी उषा राजवंशी, मञ्जु भगत, गौरी महतो कोइरीलगायत अहिले कहाँ छन्, खोज्नुपर्ने स्थिति छ ।

लेखक रीता साहका अनुसार राजनीतिमा विभिन्न कालखण्ड र चरणमा महिलाको उपस्थिति हुँदै आएको छ । मधेसको राजनीतिमा महिला नेतृत्वको तीव्र उदय आन्दोलनकै उपज हुन् । ०४७ को आन्दोलनदेखि ०६२/६३ को मधेस आन्दोलनमा मधेसी महिलाले पार्टीगत राजनीति गर्न सुरु गरे । उनी भन्छिन्, ‘जो बोल्छ या फरक क्षमता प्रदर्शन गर्छ, उसको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति पार्टीभित्र छ ।’ उनले मधेसकी नेता सरिता गिरी र हालै जसपाबाट राजीनामा दिने मनसाय बनाएकी पूर्वमन्त्री रेणु यादवको उदाहरण दिइन् ।

संविधानमा परिवर्तन आयो । पार्टीमा रूपान्तरण भयो तर महिला नेताप्रति दलीय नेतृत्वको मनोभाव अझै हेपाहा प्रवृत्तिको रहेको उनको बुझाइ छ । तसर्थ अब मधेसी महिलाले समानुपातिकमा सिट पाएर त्यसैमा सीमित हुने होइन, प्रत्यक्ष निर्वाचन प्रणालीमा अनिवार्य उपस्थिति गराउने नीतिका लागि लड्नु जरुरी रहेको उनी बताउँछिन् ।साभार : कान्तिपुर

The post मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस
मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/04/279023934_10221524754295921_2473820192508380667_n.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_69.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_69.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content