फाइल फोटो
मधेसखबर
वीरगन्ज,२४ भदौं : बच्चा चोरी गर्ने गिरोह गाँउघरमा डुल्दै हिडेको हल्ला पर्साको ग्रामीण भेगमा पनि फैलिएको छ ।
तीन दिन पहिले मात्र वीरगन्ज १ बजाार छपकैयाको एक घरमा बच्चा चोर्ने पसेको आशंका गर्दै स्थानीयले तीन भारतीय महिलालाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । त्यसको भोलिपल्टै बारामा पनि एक भारतीयलाइ स्थानीयले बच्चा चोर्न आएको आशंकामा नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका थिए ।
यी दुइ घटना मिडिया र सोसल मिडिया मार्फत भाइरल भएपछि पर्साको ग्रामीण भेगमा पनि अहिले बच्चा चोर्ने गिरोह सकृय रहेको त्रास स्थानीय अभिभावक र बालबालिकामा फैलिएको हो ।जसका कारण ग्रामीण भेगका कतिपय अभिभावकहरुले आफना स–साना बालबच्चालाइ विधालय नपठाइ घरमै राख्न थालेका छन् ।
खासगरि ग्रामीण भेगका सखुवाप्रसौनी गाँउपालिका ,पटेर्वासुगौली गाँउपालिका ,पर्सागढ़ी ,बहुदरमाइ र पोखरिया नगरपालिकाका साथै भारतसंग सीमा जोडिएका जिराभावानी, ठोरी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पकाहामैनापुर लगायतका गाँउपालिकाहरुमा बच्चा चोरको हल्लाले बालबालिका र अभिभावकहरु त्रसीत बनेका हुन् ।
पटेर्वासुगौली गाउँपालिकाकाका नेपाल शिक्षक महासंघका अध्यक्ष हरिराज यादवले बच्चा चोरको त्रासले केहि अभिभावकले ससाना बालबालिकालाइ विधालयमै पठाउन छाडेको बताए । तर अहिले सम्म यस्तो घटना भने नभएको भन्दै उनले विधालय समयमा शिक्षक र विद्यालय प्रशासन यस्ता विषयमा गम्भिर रहेको बताए । उनले विद्यालय र घर बिचको दुरीमा अभिभावकले समेत आफना बालाबालिहारुलाई रेखदेख गरिदिए बालबालिकाको मनमा लागेका डरभय हट्ने बताए ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले यस्ता भ्रमीत हल्लामा नपरि निर्धक्क भएर सबैले आआफना बालबालिकाहरुलाई विधालयमा पठाउन अभिभावकसंग अपिल गरे। शान्ति सुरक्षाको सवालमा प्रहरी एकदमै चनाखो रहेको भन्दै उनले जिल्लाको ग्रामीण भेगमा अहिले सम्म कुनै पनि ठाँउमा बच्चा चोरको घटना वा त्यस्ता गतिविधी भएको नपाइएको पनि बतााए ।
The post पर्साको ग्रामीण भेगमा पनि बच्चा चोरको हल्लाले बालबालिका र अभिभाव त्रसीत appeared first on Madhes Khabar.
प्रतिक्रिया