प्रमोद यादव
पर्सा,०५ असोज : पर्साको पटेर्वासुगौली गाउँपालिकामा सिकाई निरन्तरता अभियान तथा अभिभावक शिक्षा विषयक दुइ दिने अभिमुखिकरण कार्यक्रम बुधबार देखि शुरु भएको छ ।
वडा नम्बर ४ सुगौली दाप स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा युनिसेफ नेपालको सहयोग र नेपाल शिक्षा समुहको समन्वयममा भुकम्प प्रविधि राष्ट्रिय समाजले उक्त अभिमुखकिरण कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा पटेर्वासुगौली गाउँपालिकाका १२ वटा सामुदायिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति,विद्यालयका प्रधानाध्यापक र विद्यालयका छात्रछात्रा लगायतको सहभागीता छ ।
कार्यक्रममा निचुटा माविका प्रधानाध्यापक श्याम घिमिरेले सबै तहको शिक्षक निर्देशिका विद्यालयमा उपलब्ध नहुदा कतिपय विद्यालयमा पाठयक्रम र विषयगत शिक्षकको अभाव रहेको गुनासो गरे ।
वनदेवी आधरभुत विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद थारुले प्राथमिक तहको विद्यालयमा ईन्टरनेट र कम्प्युटर नहुदा विद्यालयको सबै गतिविधि अनलाइन गर्न असुविधा भएको र स्कुलको तथ्यांक समयमा अद्यावधिक गर्न नसकिएको गुनासो गरे ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्साका शिक्षा अधिकारी फत्ते बहादुर श्रेष्ठले कक्षा ४,७ र ९ को नयाँ नया पाठयपुस्तक र पाठयाक्रम परिवर्तन भएकोले विद्यालयमा पढाउने शिक्षकलाई सजिलो बनाउन र निरन्तर पठाई कार्यक्रम सबैलाई सजिलो होस् भनी विद्यालयको सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम संन्चालन गरिएको बताए ।
पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु साहको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाइ मित्रदेव प्रसाद यादव र फत्ते बहादुर श्रेष्ठले कार्यक्रमको प्रशिक्षण दिई रहेका छन् ।
The post सरकारी विधालयमा ईन्टरनेट र कम्प्युटर नहुदा असुविधा भएकोे शिक्षकहरुको गुनासो appeared first on Madhes Khabar.
प्रतिक्रिया