
मधेसखबर
वीरगन्ज,२८ भदाैं : पर्साकाे ठोरी गाँउपालिका वडा नंबर ५ बाघमोर्चामा विजया दशमीकाे उपलक्ष्यमा “ठूलो बाघमोर्चा तेस्रो गोल्डकप फुटबल प्रतियोगिता -२०७९” हुने भएको छ ।
ठाेरी युथ भिजन फाउन्डेसनले आगामी असाेज ५ गते देखि फुटबल प्रतियोगिता आयाेजना गर्न लागेकाे जानकारी गराएकाे हाे ।
ठोरी र जीराभवानी गाउँपालिकाको वडा स्तरीय टीमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।
असोज ५ गते सुरु भइ असोज १८ गते ठूलो बाघमोर्चा खेल मैदानमा हुने प्रतियोगिताकाे उपाधी विजेता टीमले नगद ५५ हजार र उपविजेता टीमले नगद ३१ हजार रुपैया पुरस्का पाउनेछन् । त्यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीले नगद ५ हजार , सर्वाधिक गाेलकर्ताले नगद ५ हजार र उत्कृष्ट गोलरक्षकले नगद ३ हजार ५ सय रुपैया पाउने आयोजकले जनाएको छ ।
The post ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने appeared first on Madhes Khabar.
प्रतिक्रिया