मधेसखबर
वीरगन्ज,०३असोज : आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने तयारी गरिरहेका नेपाली कांग्रेसका केहि शीर्ष नेताहरु अन्तिम समयमा आएर अब समानुपातिकबाट उम्मेदवार बन्ने भएका छन् ।
समानुपातिकको सूचीलाई अन्तिम रुप दिन सोमबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधी , सहमहामन्त्री फरमुल्लाह मन्सुर र पार्टीसभापति शेर बहादु। देउवाकी पत्नि आरजु राणा देउवालाइ समानुपातिक उम्मेदवार बनाउने सहमति भएको हो ।
सहमहामन्त्री मन्सुरको नाम जिल्ला कार्य समितिले बाराको क्षेत्र नम्बर ३ को संघीय सांसदमा प्रत्यक्ष तर्फ सिफारिस गरेको थियो । तर सोमबार काठमाण्डौमा बसेको पदाधिकारी बैठकमा मन्सुरको नाम समानुपातिक तर्पmको सुचीमा राख्ने सहमति भएको हो । उनको नाम मुस्लिम तर्फको कोटामा १ नम्बरमा राखिएको छ ।
यस्तै पुर्व उपसभापति विमलेन्द्र निधीको नाम पनि सामानुपातिकमै राखिएको छ । उनको नाम मधेसी कोटामा १ नम्बरमा राखिएको छ । यसअघि २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा उनि तत्कालीन राजपाका उम्मेदवार राजेन्द्र महत्तोसंग पराजित भएका थिए ।
यस्तै प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम पनि समानुपातिकमा राखिएको छ ।२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
The post फरमुल्लाह ,आरजु र विमलेन्द्र समानुपातिक तर्फको उम्मेदवार appeared first on Madhes Khabar.
प्रतिक्रिया