मधेसखबर
वीरगन्ज,२८ भदौं : वीरगन्जमा मङ्गलबार एम्बुलेन्सले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते पनि भएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नंबर २५ अलौ स्थित हुलाकी सडक खण्डमा मङ्गलबार दिउँसाे साढे २ बजे बा २ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पर्साकै सखुवाप्रसौनी गाउँपालिका–४ का ७० बर्षीय फजिल देवानकाे मृत्यु भएको हाे ।
दुर्घटनामा माेटरसाइकल चालक ४० वर्षीय जुमादिन देवान घाइते भएका छन् ।उनकाे वीरगन्ज स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले एम्बुलेन्स चालक वीरगन्ज महानगरपालिका वडा नंबर १९ का ४० वर्षीय जियालाल यादवलाई नियन्त्रणमा लिएको छ ।
The post वीरगन्जकाे अलौंमा एम्बुलेन्सकाे ठक्करबाट एक वृद्धकाे मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया