मधेसखबर
वीरगन्ज ,१६ भदौं : आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीको पर्सा क्षेत्र नम्बर ३ को प्रदेश सभा समन्वय समिति क्षेत्र नम्बर ३ (ख) ले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ३ (ख) का क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहको अध्यक्षतामा बिहिवार बसेको बैठकले प्रत्यक्ष तर्फ शीवजी सोनी सहित २ जना र समानुपातिक तर्फ सल्मा खातुन सहित ४ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् सदस्य शीवजी सोनी र जसपा मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साहको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
त्यस्तै समानुपातिक तर्फ पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सल्मा खातुनको नाम पनि सिफारिस गरिएको छ ।
खातुनसँगै मुख्तार मियाँ धोबी, मिरा ठाकुर र अल्ताफ आलमको नाम पनि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहले जानकारी दिए ।
The post जसपाबाट प्रदेश सांसदमा सोनी , साह र खातुनको नाम सिफारिस appeared first on Madhes Khabar.
प्रतिक्रिया