वीरगंज, ११ असोज ।
फतुवाबिजयपुर नपा ८ अन्तर्गत रहेका श्री मावी विद्यालय बिजयपुरले शिक्षक बिदाइ तथा कक्षा ११ को नयाँ भर्ना भएका बिद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरेकोछ ।
नेपाली कांग्रेसका नगर सभापति तथा विद्यालय ब्यवस्थपन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष नितेश कुमार चौधरी र वडा नं. ९ का अध्यक्ष राकेश यादव रहेका थिए ।
कार्यक्रममा एसइईमा उत्तीर्ण गरेको उत्कृष्ट ग्रेड प्राप्त गरेका मध्ये १ जना छात्र र १ छात्रालाई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याएको छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
यसैगरी कक्षा ११ मा नयाँ भर्ना भएको सम्पूर्ण बिद्यार्थीलाई एक थान कापी र कलम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्षद्वयले विद्यालय विभिन्न समस्या समाधान गर्ने बताएका थिए ।
प्रतिक्रिया