Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

SHARE: 520

फोटो : कान्तिपुर

मधेसखबर
वीरगन्ज,२१ साउन : मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा भएको अनियमितताका आरोपितले ‘माथिको आदेश’ ले कानुनविपरीत काम गर्नुपरेको बयान दिएका छन्  । मधेसका ८ जिल्लाका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल खरिद गर्दा १० करोड ३३ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार प्रदेश सचिव यामप्रसाद भुसाल सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सहसचिव (तत्कालीन प्रदेश सचिव) भुसाल सहित सात जना र ठेकेदार कम्पनीविरुद्ध अख्तियारले कैद, बिगो र जरिवानासमेत असुलको मागदाबीसहित बुधबार अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियारले अनियमितता प्रकरणमा प्रदेश सचिव भुसालसहित मधेस प्रदेशको जलस्रोत तथा सिँचाइ विकास विभाग जनकपुरधामका तत्कालीन कार्यालय प्रमुख (हाल अवकाश) भगवान झा, मुख्यमन्त्री कार्यालयका उपसचिव दिलीपकुमार प्रधान र शाखा अधिकृत स्वार्थ महतो, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखामा कार्यरत रही हाल गरुडा नगरकार्यपालिका रौतहटमा कार्यरत खरिदार मोहनकुमार दास, साइकल आपूर्तिकर्ता ओम सत्यसाई प्राइभेट लिमिटेड, वीरगन्जका प्रबन्धक निर्देशक रेनु अग्रवाल र ओम सत्यसाई प्रालिविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले खरिद प्रकरणमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, तीन जना प्रमुख सचिव र अरू थुप्रैसँग बयान लिए पनि निर्णय प्रक्रिया, कागजातमा संलग्नता एवं अधिकार क्षेत्र नपरेको कारण देखाएर उनिहरुलाइ भने प्रतिवादी बनाएको छैन ।

तत्कालीन प्रदेश सचिव भुसाललाई अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार चार वर्षसम्म कैद तथा बिगो १० करोड ३३ लाख ७ सय ५८ रुपैया असुल तथा त्यति नै जरिवानाको माग दाबी गरेको छ । सरकारलाई नोक्सानी पु¥याउन ‘मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गराएको’ कसुरमा भुसाललाई तीन वर्षसम्म कैद तथा गलत लिखत तयार पारेको भन्दै थप एक वर्षसम्म सजाय मागदाबी गरिएको छ । सीडीई झालाई ५ वर्षसम्म कैद, बिगो असुल र बिगोबमोजिम जरिवाना माग गरिएको छ । उनलाई पनि भ्रष्टाचारमा तीन वर्षसम्म र आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर सम्झौता गरेकोमा थप दुई वर्ष कैद मागदाबी लिइएको छ ।

झाले मुख्यमन्त्री कार्यालयको प्रतिनिधिका रूपमा खरिद सम्झौता गरेका थिए । सहलेखापाल मण्डललाई तीन वर्षसम्म कैद, १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ बिगो असुल र त्यति नै जरिवाना गर्न माग गरिएको छ । महतो र दासलाई गलत लिखत तयार पारेर आफूलाई फाइदा र प्रदेश सरकारलाई नोक्सान पु¥याएको आरोपमा तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साइकल आपूर्तिकर्ता अग्रवाललाई दुई वर्षसम्म कैद, बिगो असुल र त्यति नै जरिवाना मागदाबी गरिएको छ । तर, खरिद प्रक्रियामा संलग्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई भने उन्मुक्ति दिइयो ।

घोटाला प्रकरणमा प्रतिवादी बनाइएका केहीले अख्तियारसमक्ष दिएको बयानमा ‘माथिबाट आउने धम्की र दबाब’ मा आफूले कतिपय कागजात हेर्न र प्रक्रियामा रहेका कागजात केलाउन नपाएको उल्लेख गरेका छन् ।
‘बोलपत्रसम्बन्धी कागजात र आपूर्तिकर्ताको योग्यता खरिद कार्यको कागजात सिनियर डिभिजन इन्जिनियर भगवान झाले तयार गर्नुभएको हो, मुख्यमन्त्रीको निर्देशनमा झाले कार्य गर्ने गरेको र मानार्थ रूपमा हस्ताक्षर स्वीकृतिका लागि मात्रै मेरोमा ल्याउने गर्नुभएको थियो,’ भुसालले दिएको बयानमा भनिएको छ, ‘झाले बिल भुक्तानीका लागि ल्याएका टिप्पणीमा स्पेसिफिकेसन अनुसार छ भनेर उल्लेख गरियो, प्राविधिकबाट पनि स्पेसिफिकेसन अनुसार ठीक छ भनेर आएको फाइल सदर गरेको हुँ ।’

यसरी आएका फाइलअनुसार ‘तुरुन्त भुक्तानी गर्न दबाब आएकाले टिप्पणी पछि स्वीकृत गर्ने गरी भुक्तानी गरिएको हो,’ भुसालको बयानमा छ । यस्तै सीडीई झाले आफू मुख्यमन्त्री कार्यालयमा नरहे पनि मौखिक आदेशमा काम गरेको उल्लेख गरेका छन् । उनलाई मुख्यमन्त्री राउतले नै खरिद प्रक्रियामा सहभागी गराएका थिए । ‘मैले साइकल खरिद प्रक्रियाको सुरुमा सिफारिस गर्दा नियमानुसार जाँच गरी स्टोर दाखिला गरी भुक्तानी हुन राय सिफारिस गरेको हो । मैले मौखिक आदेशानुसार मुख्यमन्त्री कार्यालयको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेको हुँ,’ झाले बयानमा भनेका छन् ।

जिन्सी शाखा प्रमुख (शाखा अधिकृत) रामस्वार्थ महतोले दिएको बयानमा साइकल कुन देशमा उत्पादित र कुन कम्पनीका रहेको, गुणस्तर, वारेन्टी, निःशुल्क सर्भिसलगायत केही कुरा पनि आफूलाई जानकारी नभएको उल्लेख गरेका छन्  । उक्त जानकारीबिनै उनले साइकल दाखिला गर्नुको एउटै कारण माथिको आदेश रहेको मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले बताएका छन् । सहलेखापाल राजाराम मण्डलको सबै काम र भुक्तानी प्रदेश सचिव यामप्रसाद भुसालले लाए–अह्राएबमोजिम गरेको र स्टोर किपर जितमोहनकुमार दासले भुसालकै आदेशमा आफूले स्टोर गरेको बयान दिएका छन्  ।

के–केमा कानुन मिचियो ?

साइकल खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान ठाडै उल्लंघन गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ मा १० लाखभन्दा बढीको खरिदमा खरिद गुरुयोजना बनाउनुपर्नेमा त्यसको पालना नै भएको देखिँदैन । त्यस्तै प्रतिस्पर्धालाई छलेर मिलेमतोमा ठेकेदार छनोट र त्यसअनुसार मूल्य निर्धारण गरेको पाइएको छ ।

सार्वजनिक सूचनाअघि आशयको सूचना प्रकाशन नै गरिएन । समयमै खरिद नभएपछि कारबाही प्रक्रियामा जानुपर्नेमा ओम सत्यसाई कम्पनीले म्याद थपको निवेदन पेस गरे पनि प्रदेश सरकारले स्वीकृत नगरी काम अघि बढाइयो । मालसमान खरिद गर्दा गुणस्तर परीक्षण गरी स्टोर दाखिला गर्नुपर्नेमा त्यससम्बन्धी कुनै कागजात संलग्न गराइएन । सामान दाखिला गरिसकेपछि रकम भुक्तानी गर्नुअघि आर्थिक प्रशासन शाखाको राय लिनुपर्नेमा त्यो प्रावधान पनि उल्लंघन गरियो ।

साइकल खरिद प्रक्रिया सुरु गर्नुअघि तयार गरिएको स्पेसिफिकेसन पनि अनिवार्य रूपमा स्वीकृत÷प्रमाणित गर्नुपर्नेमा त्यसबमोजिम नगराएको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । लागत अनुमान तयार गर्नुपर्नेमा मेकानिकल इन्जिनियर जितेन्द्रकुमार सिंहबाट सोझै अनुमान तयार गराई खरिद प्रक्रिया अगाडि बढाइयो ।

यसैगरी कार्यालय प्रमुखबाट बोलपत्रका कागजात स्वीकृत गर्नुपर्नेमा त्यसलाई पनि बेवास्ता गरिएको छ । कानुनविपरीतका काम गर्न माथिबाट मौखिक आदेशका भरमा हुने गरेको बयान थुप्रैबाट आएको तर त्यसलाई पुष्टि गर्ने प्रमाणहरू नभेटिएका कारण राजनीतिक तह र अरू उपल्लो तहका कर्मचारीलाई प्रतिवादी बनाउन नसकिएको अख्तियार उच्च स्रोत बताउँछ । यो खबर कान्तिपुर दैनिकमा लेखिएको छ ।

The post साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’
साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/cycle.jpg?resize=993%2C634&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/08/blog-post_85.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/08/blog-post_85.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content