मधेसखबर
वीरगन्ज, १२ भदौं : वीरगन्जबाट पैदल यात्रा गरेर भारतको राधजानी दिल्ली पुगेका वीरगन्जका युवक शेख मुन्नालाइ दिल्ली स्थित नेपाली राजदूतावासले स्वागत र सम्मान गरेको छ ।
वीरगन्जबाट दिल्ली सम्मको १ हजार ६० किलो मिटरको दुरी २२ औं दिनमा पुरा गरेर शनिबार दिल्ली पुगेका वीरगन्ज २ का युवा शेख मुन्नालाइ आइतबार दिल्ली स्थित नेपाली दूतावासाले सम्मान गरेको हो ।
आइतबार बिहान दिल्ली स्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा नेपाली राजदूतावासका नियोग प्रमुख राम प्रसाद सुबेदी , राजनीतिक कन्सुलर आनन्द शर्माा र सांस्कृतिक कन्सुलर यदुनाथ पोख्रेलले शेख मुन्नालाइ नेपाली ढाका टोपी र खादा लगाएर बधाइ दिदै सम्मानित गरेका हुन् ।
शेख मुन्नालाइ नेपाली राजदूतावासका तर्फबाट सम्मानित गर्दै नियोग उपप्रमुख सुबेदीले नेपाल र भारत बिचको सम्बन्धमा मधुरता , प्रगाढता थप्न र दुइ देशको सम्बन्ध थप मजबुत पार्न शेख मुन्नाको चुनौतीपूर्ण पैदल यात्राले गहिरो सन्देश प्रवाह गरेको बताए ।
यस्तै राजदूतावासका राजनीतिक कन्सुलर शर्माले पनि शेख मुन्नाको यो साहसिक कार्यले नेपाल र भारत बिचको सम्बन्धलाइ थप सुदृढ बनाउन र जनमानसमा राम्रो सन्देश प्रवाह गर्ने बताए ।
नेपाललाइ विश्वमा चिनाउन र नेपाल भारत बिचको सम्बन्धलाइ थप मजबुत बनाउन भन्दै गत साउन २२ गते देखि वीरगन्जबाट पैदल यात्रा थालेका वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्ना २२ औं दिनमा शनिबार दिल्लीको इण्डिया गेट पुगेका थिए ।
नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा सहित शनिबार दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाइ नेपाल भारत वल्र्ड डेभ्लोप्मेन्ट फोरमका सभापति मधुरेन्द्र जयसवाल , गोर्खा टाइम्स पत्रिकाका पत्रकार इन्द्र कोमल, शेख अताउलका साथै दिल्ली स्थित नेपाली युवाहरुले स्वागत र सम्मान गरेका थिए ।
The post दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत appeared first on Madhes Khabar.
प्रतिक्रिया