Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

थारु समुदायका महिलाहरु फुर्सदको समयमा आर्थिक उपार्जन गर्दैै

SHARE: 520


माधुरी महतो
वीरगञ्ज ,साउन १६ गते ,थारु समुदायका महिलाहरूले फुर्सदको समय हाल परम्परागत सीपको उपयोग गर्दै घरायसी प्रयोजन तथा सजावटका विभिन्न सामाग्री बुन्ने काममा लगाईरहेका छन् ।

 

पर्सा जीराभवानीकी प्रतिमा चौधरी, फुर्सदको समय सदुपयोग गर्दै ढकिया, नुइया ,डेलुवा बुन्ने र विक्री पनि गर्ने कार्यमा व्यस्त रहेको बताउँदै भन्छिन् ,“जंगलबाट विभिन्न कास लगायतका सामाग्री लिएर आउछौँ । र लिएर आउछौ । रंगेर सुखाएर विभिन्न रंगीन रुपमा नुईला , डलीया , सुप्पा , टोपी लगायतका सामाग्री बुन्ने काम गर्छौ । आफ्नो ईच्छा र अभ्यास चाहीन्छ । चाडवाड , विहेवारी , सगुन सबै कार्यमा काम लाग्ने सामाग्री हो यो । अहिले पछिल्लो समय त विक्री पनि हुन थालेको छ । धेरै महगोमा विक्री हुने गरेका छन् यी सामाग्री”

खासगरी थारु समुदायमा छोरीको विवाह वा गाउँलेको घरमा हुने विहेवारी ,पुजापाठ तथा आफन्तको विवाह पुजापाठमा यी बनिएका तथा बनाईएका विभिन्न सामाग्री सगुनको रुपमा दिने प्रचलन रहदै आएको र यसले थारु समुदायको मौलिक पहिचान तथा संस्कृती झल्काउने भएकोले यसलाई निरन्तरता दिन पनि बुन्ने कार्यमा अझ निखारता ल्याएको र यसले केही आर्थिक उपार्जनमा पनि मदत भएको मनोरमा चौधरी बताउँछिन् ।

थारु समुदायमा प्रायः विवाहका साथै आयोजना हुने विभिन्न कार्यक्रममा सजावट सामाग्रीको रुपमा पनि प्रयोग हुने गरेको उनीहरु बताउँछन् । ढकिया, नुइँया, डेलुवा काँस बाट तथा बाँस, जुट लगायतको प्रयोग गरेर पनि त्यस्ता सामग्री बनाउने गरिएको उनीहरुले बताएका छन् ।

परम्परागत सीप प्रयोग गरेर केहीले व्यक्तिगत प्रयोजनका लागि त्यस्ता सामग्री बनाउने गरेका छन् भने कतिपयले बिक्री समेत गर्ने गरेको थारु समुदायका महिलाहरु बताउँछन् ।
प्रती सामाग्रीको डिजाईन् र लागेको मेहनतको हिसाबले मुल्य तोक्ने गरेको सुनाउदै भन्छिन् , “ दउरी , पथीया,डलीया , गेटमा हाल्ने सामाग्री लगायतका सामाग्री बुन्छौँ । आफुले कस्तो खालको आकर्षक डिजाईन सम्म बनाउन सक्छौँ । ाअफ्नो हातको कलामा भर पर्छ । बजार खोज्नै जान पर्दैन । विभिन्न नया डिजाईन मात्रै दिन सके त घरमै आएर सबै सामागरु्री लिएर जान्छन् । ”

 छोरीको विवाहका लागि मानिसहरू विभिन्न यस्ता सामाग्री किन्न आउने र गाउँघर आसपास रहेका होमस्टे लगायतका होटल लगायतमा पनि सजावटको लागि पनि बिक्री हुने महिलाहरु बताउँछन् ।

पहिलेदेखि नै ढकीया लगायतका सामान बुन्ने ,बनाउने थारु समुदायका महिलाहरु परम्परागत रुपमा बुन्दै आएको उतm सामाग्रीमा कच्चा पदार्थवाट आधुनिक डिजाइनका सजावटका सामान पनि बुन्न थालेपछि यसको माग पनि बढेको र थारु समुदायको मौलिक सांस्कृतीक परम्परालाई पनि निरन्तरता दिन सकिएको उनीहरुको भनाई छ ।

सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग पनि जोडेर अगाडी वढेको अनुभव सुनाउदै पर्सा पटेर्वासुगौलीकी कमला राय दास थारु भन्छिन् , “ फुर्सदको समयमा सबै सामाग्री बनाउँछौँ । राम्रो आकर्षक फुल बुटट दिन सके त झन् महगोमा हामीले विक्री गर्ने गरेका छौँ । ”
कुनै पनि कार्यमा विहेवारी , सगुन , सामान राख्न वा अरुलाई उपहार दिन सबै कार्यमा यी सामाग्रीहरु काम लाग्ने गरेका छन् । र अहिले त अरु समुदायका मानिसहरुले र आफ्नै समुदायमा पनि बुन्न नजान्ने मानिसहरु विभिन्न सामाग्रीको लागि अर्डर समेत दिएर जाने गरेका छन् ।

सानै देखी बुन्दै आएका छौ हामी यो ।यहासम्म की कुनै सामाग्री मिलामा लैजान बजारमा लैजान पनि प्रयोग गर्ने गरीएको छ ।

थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेको बताउदै थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन हस्तकला सामाग्री बुन्ने र बेच्ने तथा उपहारमा दिने कार्यलाई निरन्तरता दिन थालेको बताउँछन् ।

यसले थारु समुदायकै पहिचान बचाउन मदत हुने र महिला सशतिmकरण पनि हुने सामाजिक अभियन्ता चौधरी.रामशरण खवास थारु बताउँछन् ।

जानेका महिलाहरुले नजानेका आफ्ना सन्तान आफन्त तथा साथीसहेलीलाई सिकाउने गरेको र नजानेका सिक्न इच्छुक बालकालिका ,किशोरीहरुले ध्यान दिएर सिक्ने गरेको महिलाहरु बताउँछन् ।

थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । सोहीअनुसार हस्तकलामा पनि थारु समुदाय धेरै अगाडि रहेको थारु समुदायका महिलाहरु बताउँछन् ।

पछिल्लो समय थारु समुदायले निर्माण गर्ने हस्तकला र हस्तकलाबाट निर्मित सामग्रीहरु लोप हुन थालिसकेको अवस्थामा पनि केही महिलाहरु भने यसको संरक्षणमा लागि परेको बताउँछन् ।

The post थारु समुदायका महिलाहरु फुर्सदको समयमा आर्थिक उपार्जन गर्दैै appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: थारु समुदायका महिलाहरु फुर्सदको समयमा आर्थिक उपार्जन गर्दैै
थारु समुदायका महिलाहरु फुर्सदको समयमा आर्थिक उपार्जन गर्दैै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/tharu-Ram-Krishni-2.jpg?resize=808%2C311&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/08/blog-post_5.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/08/blog-post_5.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content