मधेसखबर
वीरगन्ज, ०६ भदौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपति विधा भण्डारीले जनभावना र संसदको अपमान गरेको बताएका छन् ।
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा सोमबार आयोजित चियापान कार्यक्रममा बोल्दै प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका सोनलले यस्तो बताएका छन् ।उनले संसदको दुवै सदनले पारित गरिसकेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले संविधानत प्रमाणकीकरण गर्नुको सट्टा कुनै दल विशेषको कार्यकर्ता जस्तै बनेर फिर्ता गर्नुले राष्ट्रपतिले पदको संवैधानिक मर्यादाको पनि उल्लंघन गरेको बताए ।
सोनलले भने ,‘ राष्ट्रपतिले पदको मर्यादा पनि राख्न सक्नु भएन , जनताको भावना र संसदको अपमान पनि गर्नु भएको छ ।उनले राष्ट्रपति भण्डारीको यो कदमले लाखौ नागरिक नागरिकताबाट बन्चित हुनु पर्ने अवस्था आएको पनि बताए ।सोनलले अब पनि फेरि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे जनता आन्दाोलनमा उत्रिने चेतावनी पनि दिए ।
कर्यक्रममा लोसपाबाट परवानीपुर गाँउपालिकाको अध्यक्षका प्रत्याशी जगत नारायण महत्तोृ , सुरेश कुर्मी , सुनिल पटेल , सन्त यादव , रामजी सिंह , दरोगा दास , , रोशनल पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।
The post राष्ट्रपतिले जनभावना र संसदको अपमान गरेको पुर्वमन्त्री सोनलको आरोप appeared first on Madhes Khabar.
प्रतिक्रिया