मधेशखबर
वीरगंज,असाढ २१,२०७९
पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि भएको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको जनाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ पाँच रुपैयाँ बढाएको छ ।
यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन ९आन्तरिक० को १९० रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
The post पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि appeared first on Madhes Khabar.
प्रतिक्रिया