मधेसखबर
वीरगन्ज,१७असार : वीरगन्जका नीजी विधालयहरुको शुल्क वृद्धि लगायतका मनोममानी विरुद्ध आन्दोलनरत अभिभावकहरुले शनिबार जुलुश प्रदर्शन गर्ने भएका छन् ।
नीजी विधालयले मनोमाननी ढंगले शुल्क वृद्धि गरेपछि संगठीत भएका अभिभावकहरुले अभिभावक संघर्ष समिति गठन गरेका छन् । उक्त संघर्ष समितिले नै वीरगन्जमा शनिबार अपरान्ह ४ बजे नीजी विधालयहरुको मनोमानी विरुद्ध शान्तिपूर्ण रयाली निकाल्ने जनाएको हो ।
संघर्ष समितिका संयोजक सन्दिप साहले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत एक अपिल जारी गर्दै शनिबारको जुलुशमा सहभागी भइ दिन वीरगन्जका सम्पूर्ण अभिभावकहरुसंग अनुरोध गरेका छनन् । शनिबार अपरान्ह ४ बजे घण्टाघर चोकबाट निकालिने शान्तिपूर्ण रयालीले नगर परिक्रमा गर्दै नजिी विधालयका सन्चालक र सरोकारवाला निकायलाइ खबरदारी गर्ने साहले बताए ।
यसअघि गत शनिबार सम्पन्न अभिभावकहरुको भेला गठन गरेको अभिभावक संघर्ष समितिले तीन दिन अघि पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगन्ज महानगरपालिकाका मेयरलाइ १४ बुदे ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।
The post नीजी विधालयको मनोमानी विरुद्ध शनिबार वीरगन्जमा अभिभावकहरुले जुलुश निकाल्ने appeared first on Madhes Khabar.
प्रतिक्रिया