मधेशखबर
असाढ २६ ,२०७९,वीरगंज ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड डकैला बहुअरी शाखाले छात्रावृति प्रदान गरेको छ । । संस्थाले पर्साको डकैला बहुअरी शाखामा आवद्ध सदस्य मध्येबाट एक जनालाई आईतबार छात्रावृति प्रदान गरेको हो ।
संस्थामा आवद्ध भएका सदस्यहरुको छोराछोरीहरु मध्ये सबैभन्दा राम्रो अंक ल्याएका एक जना जेहेन्दार विधार्थीलाई छात्रवृति प्रदान गर्र्दै आएको छ । यसैक्रममा यसपालि सबै भन्दा बढी अंक ल्याएका वीरगन्ज महानगरपालीका वडा नम्बर २२ मनियारीका कक्षा ६ मा पढ्ने राजेश यादवका छोरा अनुराग यादवलाई छात्रवृति प्रदान गरीएको गरीएको संस्थाका राजिव कुशवाहाले जानकारी दिए ।
छात्र यादवलाई छात्रवृति स्वरुप ३० हजार रुपैया नगद यादवको घर मै पुगेर प्रदान गरीएको कुशवाहाले बताए ।
छात्रवृति वितरण कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मुनेश प्रसाद यादव , डकैला बहुअरी शाखाकी प्रमुख किरण कुमारी कुशवाहा , सुविका चौधरी , सन्तोष यादव लगायतको उपस्थिति थियो ।
The post ग्लोबल आइएमई लघुवित्तद्वारा छात्रवृति प्रदान appeared first on Madhes Khabar.
प्रतिक्रिया