Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव

SHARE: 520

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१२ साउन : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि फेरि दैनिक जसो कोरोनाका संक्रमित फेला पर्न थालेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाकाको हेल्थ डेस्कमा भइरहेकाो परिक्षणमा १ महिना यता फेरि दिनहु जसो कोरोनाका संक्रमित भेटिन थालेका हुन् ।

कोरोनाको पहिलो लहर देखि देखि नै वीरगन्ज नाकामा हेल्थ डेस्क सन्चालन गरि भारतबाट नेपाल प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण हुदैै आएको छ ।हेल्थ डेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार , भारतमा फेरि संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि संक्रमित भेटिन थालेका हुन् ।

कोरोनाको तेश्रो लहर शुन्य अवस्थामा पुगेपछि फागुन यता जेठ अन्तिम साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य थियो । तर त्यसपछि पहिलो पटक जेठ २३ गतेको परिक्षणमा पहिलो संक्रमित फेला परेको महत्तोले बताइन् ।

उनका अनुसार जेठ अन्तिम साता ३ जनामा संक्रमण पुष्टि भएको थियो । गत असारमा भने नाकाको हेल्थ डेस्क परिक्षणमा ३८ जना र साउनमा बुधबार बिहान सम्म १९ जनामा संक्रमण पुष्टि भएको डाक्टर महत्तोले जानकारी दिइन् ।

जेठ अन्तिम साता (जेठ २३ गते देखि ) यता बुधबार बिहान (साउन ११ ) सम्म ६० जनामा संक्रमण पुष्टि भएको उनले बताइन् ।डाक्टर महत्तोले भनिन् ,‘ भारतमा संक्रमण बढेसंगै यता पनि संक्रमण फेरि बढ्न थालेको छ , असार र साउनमा दैनिक जसो २÷३ जना संक्रमित फेला परिरहेका छन् ।

नाकाको हेल्थडेस्कमा बुधबार बिहानै मात्रै ६९ जनाको एन्टिजेनन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।जेठ २३ यता संक्रमण पुष्टि भएका ६० मध्ये दुइ तीन जना बाहेक अरु सबै भारतीय नागरिक नै रहेको पनि उनले बताइन् ।संक्रमण पुष्टि भएका भारतीयहरु भरतको कुनै एक विशेष राज्यका नभइ भारतका विभिन्न राज्यका नागरिकहरु रहेको उनले बताइन् ।

डाक्टर महत्तोको अनुसार , नाकाको हेल्थ डेस्कमा भारतबाट लामो दूरीको रेल , बस र चारपाङग्रे सवारी साधनबाट यात्रा गरेर नेपाल आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।संक्रमण पुष्टि भएका भारतीयलाइ नाकाबाटै भारत तर्फ फर्काउने गरिएको छ भने नेपाली संक्रमितहरुलाइ भने सम्बन्धित पालिकासंग समन्वय गरि घर पुरयाउने गरिएको छ ।

नाकामा फेरि दैनिक जसो संक्रमति भेटिन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले फेरि निगरानी बढाइएको डाक्टर महत्तोले बताइन् ।

 

यता वीरगन्जको नारायणी अस्पतालमा पनि साउन पहिलो हप्ता देखि कोरोनाका संक्रमित फेला पर्न थालेका छन् ।
तेश्रो लहर पछि साउन ३ गते पहिलो पटक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

साउन ३ मा ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि साउन १० मा ३९ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा संक्रमण भेटिएको डाक्टर सिंहले बताए ।संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रुघा खोकी बाहेक सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टर सिंहले जानकारी दिए ।

डाक्टर सिंहले भने ,‘ यो तथ्याङकले के संकेत गर्दैछ भने अब फेरि वीरगन्जमा पनि संक्रमण देखिदैछ , तर आत्ति हाल्नु पर्ने अवस्था भने छैन , सजग र सतर्क भने हुनु नै पर्छ । यसअघिका महामारीका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका उपाय भने फेरि हरेक नागरिकले अपनाउनु पर्ने सुझाव उनले दिए ।

अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुन थालेपछि त्यसलाइ मध्यनजर गरि नारायणी अस्पतालमा १७ शैयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिए ।

The post वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव
वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/4.Birgunj-09-09.jpg?resize=1024%2C685&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/07/blog-post_683.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/07/blog-post_683.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content