मधेशखबर
वीरगंज,श्रावण १ विदाको निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने भएको छ ।
बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै वीरगञ्ज महानगरपालिकाले श्रावन १ गतेदेखि २० गतेसम्म वर्ष विदाबाट कटौती हुने गरी गर्मी विदाको निर्णय गरेको हो । तर उक्त निर्णयलाई मान्न केही विधालयहरुले आनाकानी गरीरहेका छन् ।
उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।
The post विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही appeared first on Madhes Khabar.
प्रतिक्रिया