Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बाराको सीमा नाकामा जनतालाइ सास्ती

SHARE: 520

मधेसखबर
वीरगन्ज ,२०असार : वारि बसवरिया र पारि झरोखर गाउँ छ । दुवैतिर सीमा सुरक्षा बल तैनाथ छन् । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले दशगजामा बेरियर (ढाट) लगाएको छ, वारि भने छैन । पारि पक्की सडक छ, वारि ग्राभेल (कच्ची) छ ।

दुवैतिरको सडकको उचाइ बढेकाले दशगजा खाल्डोमा परेको छ । वर्षामा खाल्डोमा पानी जम्छ । खाल्डोलाई न वारिले पुर्छ न पारिले, यसले सर्वसाधारणलाई दशगजा वारपार गर्न सास्ती छ । यो खुला नाकामा दुवै देशका सयौं सर्वसाधारण दिनहुँ वारपार गर्छन् । जमेकै पानी भएर वा छेउबाट बाटो काटेर वारपार गर्न गाह्रो छ ।

सिम्रौनगढ नगरपालिका–९ बसवरिया गाउँस्थित दशगजाको मर्मत गर्न वारिका पालिकाले प्रयास गर्दा एसएसबीले रोक्दै आएको हो । ‘कतिपटक ह्युमपाइप र ग्राभेल बिछ्याउन प्रयास ग¥यौं तर पारिकाले दिँदैनन् । कल्भर्ट र पुल बनाउन त परै जाओस्,’ सिम्रौनगढ–९ का पूर्ववडाध्यक्ष अरबिन्द यादवले भने । पूर्वनगर प्रमुख विजयशंकर यादवले पारिका गाउँ पञ्चायतका प्रमुख र सुरक्षा अधिकारीसित समन्वय गर्दासमेत ग्राभेल र ह्युमपाइप राख्न नदिएको बताए ।

स्थानीय युवा सञ्जय यादवका अनुसार एसएसबीले वर्षायाममा त्यही खाल्डोबाटै बटुवाहरूलाई आउजाउ गर्न लगाउँछ । ‘कतिपय खाल्डोमै बाइक र साइकल लिएर लड्छन्, कतिलाई चोटपटक लाग्छ,’ उनले भने, ‘खुला सीमा दुवै देशको सर्वसाधारणहरूको दैनिकी र जीवनयापनसित जोडिएकाले दैनिक सयौंको आउजाउ छ । तर आवागमन गर्न कठिन भए पनि यो समस्या पारिका एसएसबीले भने बुझ्दैनन् ।’

यस्तै सुवर्ण गाउँपालिका ३ को कवहीगोठ गाउँको सतगन्जस्थित दशगजा वारि र पारि पक्की सडक छ । त्यहाँ पनि दुवैतिर सडकको उचाइ बढेकाले ४÷५ फिटसम्म दशगजा गहिरो छ । जति प्रयास गरे पनि एसएसबीले खाल्डो पुर्न दिएको छैन । ‘खाल्डो पुर्न नदिँदा असारदेखि वर्षायामभर आउजाउ बन्द हुन्छ,’ स्थानीय शिक्षक एकवालीप्रसाद यादवले भने, ‘दुवै देशका सुरक्षा अधिकारीहरूबीच यस विषयमा समन्वय भएर खाल्डो पुर्न आवश्यक छ ।’

जिल्लाको पूर्वमा सिम्रौनगढ नगरपालिकादेखि पश्चिममा विश्रामपुर गाउँपालिकासम्मको ६२ किमि लम्बाइ भएको दशगजाको दर्जनौं ठाउँमा यस्तै समस्या छ । दशगजा सित जोडिएका सिम्रौनगढ, पचरौता, सुवर्ण, कलैया, फेटा, विश्रापुरपालिका क्षेत्रभित्र पर्ने दशगजामा खाल्डोले आउजाउमा कठिनाइ भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दशगजाको समस्याबारे दुवै देशका सुरक्षा अधिकारीबीच ‘काउन्टर पार्ट’ मा छलफल नभएको बताउँछन् । ‘दशगजाको समस्या हामीले पहिचान नै गरेका छैनौं,’ उनले भने, ‘समस्या बुझेर पारिका सुरक्षा अधिकारीसित छलफल गर्छौं ।’ सीमा सुरक्षा बल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जिल्लाभरको दशगजाको अवस्था बुझ्न सबै बीओपीका इन्चार्जहरूलाई निर्देशन दिएको बताए । ‘दशगजाको खाल्डोले आउजाउमा असहज छ, यसबारे पारिका सुरक्षा अधिकारीसित समन्वय गर्छौं,’ उनले भने ।

भारतीय एसएसबी ७१ औं बटालियनका सुरक्षा अधिकारी एनके मण्डलले यसबारे दुवै देशका सुरक्षा अधिकारीबीच छलफल हुनुपर्ने जनाए । ‘जिल्लाका सुरक्षा प्रमुख तहमा छलफल भएर राज्यस्तरबाट नै मर्मत गर्नुपर्छ,’ उनले भने । यो खबर कान्तिपुरमा पत्रकार लक्ष्मी साहले लेखेका छन् ।

The post बाराको सीमा नाकामा जनतालाइ सास्ती appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads
neelambads
neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

neelambads
Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बाराको सीमा नाकामा जनतालाइ सास्ती
बाराको सीमा नाकामा जनतालाइ सास्ती
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/bara-boarder.jpg?resize=637%2C346&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/07/blog-post_4.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/07/blog-post_4.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content