
क्रान्ति शाह
वीरगन्ज,२८असार : वीरगन्जमा दुइ दशक देखि बन्द रहेको कृषि औजार कारखाना , २५ करोड रुपैया खर्च गरेर पुन सन्चालनमा ल्याउन सकिने नेपालकै एक प्रसीद्ध वैज्ञानिकले बताएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एंव वैज्ञानिक महावीर पुनले बन्द रहेको कृषि औजार कारखाना २५ करोड रुपैया खर्च गरेर इमान्दारिताका साथ काम गर्ने हो भने पुन सन्चालनमा ल्याउन सकिने बताएका हुन् ।केहि दिन अघि मात्र वीरगन्ज आएका बेला कृषि औजार कारखानाको स्थलगत अवलोकन गरेपछि पुनले सामाजिक सन्जाल फेसबुकमा यो कुरा लेखेका हुन् ।
फेसबुकमा उनले लेखेका छन् ,‘ कृषि औजार कारखानामा पसेर दुई घण्टा जति सम्पूर्ण मशिनहरुको बिस्तृत अबलोकन गरे , त्यहाँ भएका औजार र मेशिनहरु ६० बर्ष जति पुरानो रहेछन, ती मेशिनहरुको सरसफाई र मर्मत सम्भार गरेमा अझै पनि कम्तिमा ५० प्रतिशत मशिनहरु काम लाग्ने देखियो , तर अहिले भएका औजारहरुको भरमा मात्र कारखानालाई पुनर्जीबन दिन सम्भब छैन ,बिभिन्न आधुनिक प्रविधिमा आधारित स्वचालित मेशिनहरु पनि थप गर्यो भने ठुलो मात्रामा कृषकहरुलाई चाहिने औजारहरु उत्पादन गर्न सकिने देखियो ।यस बाहेक कारखानामा धातुहरु पगाल्न र कास्टिंग गर्नको लागि आवश्यक सिस्टमहरु राख्नु पर्ने उनको भनाइ छ ।
करिब २५ करोड रुपैंया जति खर्च गर्ने र ईमान्दारीताका साथ काम गर्ने हो भने कृषि औजार कारखानालाई नेपालको लागी निकै नै आधुनिक औजार कारखाना बनाउन सकिने अवस्था रहेको पुनले बताएका छन् । उनले लेखेका छन् ,‘ नयाँ मेशिनहरु थप्ने र पुराना मेशिनहरुलाई मर्मत सम्भार गर्ने हो भने कारखानामा कृषकहरुलाई चाहिने खन्ने, जोत्ने, काटकुट गर्ने, रोप्ने, गोड्ने जस्ता साना र मझयौला किसिमका कृषि औजारहरु उत्पादन गर्न सकिन्छ ।
कृषिका सामानहरु र औजारहरु बाहेक उक्त कारखानामा अन्य साना र मझयौला ब्याबसायीहरुको लागि चाहिने सामानहरु जस्तै ईट्टा बनाउने, साबुन बनाउने, घरेलु उद्योगलाई चाहिने औजारहरु बनाउने र बिद्युतबाट चल्ने बिभिन्न किसिमका सामानहरु उत्पादन गर्न र अन्य थुप्रै कामहरु गर्न सकिने पुनले बताएका छन् ।
कारखानाको हाताभित्र एउटा आधुनिक कृषि, मेकानिकल, इलेक्ट्रिकल सहितका बिभिन्न औजार, उपकरण र मेशिनहरु बनाउन अनुसन्धान तथा बिकास, नबप्रबर्तन र आविष्कार गर्नको लागी एउटा उच्च स्तरको अनुसन्धान र आविष्कार केन्द्र संचालन गरियो भने नेपालका प्रतिभाशाली र सृजनशील युवाहरुलाई नेपालमै रोजगारी दिन सकिने सम्भावना पनि रहेको पुनले बताएका छन् ।
The post २५ करोड खर्च गरियो भने वीरगन्जको कृषि औजार कारखाना चल्छ : वैज्ञानिक महावीर पुन appeared first on Madhes Khabar.
प्रतिक्रिया