मधेसखबर
वीरगन्ज,३१ असार : जनता समाजवादी पार्टी (जसपा) ले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि पाच दलीय गठबन्धनलाइ निरन्तरता दिने निर्णय गरेको छ ।
वीरगन्जमा बुधबार र बिहीबार गरि सम्पन्न जसपाको केन्द्रिय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाइ निरन्तरता दिने निनर्णय गरेको हो । वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी चुनाव सम्म गठबन्धनलाइ निरन्तरता दिने निर्णग गरिएको जानकारी गराए ।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुइ दुइ पटक संसद विघटन गरेपछि प्रतिगमनलाइ परास्त गर्न बनेको गठबन्धनले प्रतिगमननलाइ परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको यादवले बताए ।
उनले भने ,‘ यद्यपि स्थानीय निर्वाचनमा हाम्रोे पार्टीका केहि तिता अनुभव पनि छ , तर मुलुुकका लागि गठबन्धन अहिले पनि आवश्यक ठानेका छौ , त्यहि भएर आगामी निर्वाचनमा पनि हामी तालमेल गरेर जान्छौ । पार्टीका तत्कालीन संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टाराइ पदमुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी पनि अध्यक्ष यादवले गराए ।
पार्टी नै फुटाउने खेलमा लागेका कारण भट्टराइलाइ पद मुक्त गरिएको उनले बताए । उनले भने ,‘ पार्टीको विधान , नीति र अनुसान विरुद्ध गतिविधी गरेकाले बाबुरामलाइ संघीय परिषद अध्यक्षका साथै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको हो , अब आगामी दिनमा पनि उनको गतिविधी यस्तै रहयो भने उनि विरुद्ध पार्टीले अझ कठोर निर्णय लिनेछ , यदि सच्चिएर आए भने चाहि पार्टीको ढोका खुल्ला छ । भट्टराइसंगै उनको पक्षमा लागेर पार्टी फुटाउने खेलमा लागेका ८ जना केन्द्रिय कार्यकारीणी सदस्यहरुलाइ पनि पदबाट मुुक्त गर्ने निर्णय बैठकले गरेको यादवले जानकारी दिए ।
वीरगन्जको बैठकमा दुइ तिहाइ केन्द्रिय सदस्य सहभागी भएपछि पार्टी फुटाउने भट्टराइको सपना चकनाचुर भएको पनि यादवले बताए । बैठकले पार्टीको संघीय परिषद अध्यक्षमा वरिष्ठ नेता अशोक राइलाइ सर्वसम्मत चयन गरेको यादवले बताए ।
अध्यक्ष यादवले वीरगन्जको बैठकले पार्टीको विधान संशोधन गरि केन्द्रिय कार्य समितिमा महिलाको सहभागीता ३३ प्रतिशत पुरयाउने , संगठनलाइ अझ चुस्त दुरुस्त बनाउने र जसपालाइ एउटा वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने अभियानलाइ निरन्तरता दिने निर्णय पनि गरेको सुनाए ।
केन्द्रिय कार्यकारुणी सदस्य रेणु यादवले पदबाट राजीनामा दिएको सन्दर्भमा अध्यक्ष यादवले रेणुले पार्टी छाडेको नभइ एकछिनकोे आक्रोश र भडास मात्रै पाखेको टिप्पणी गरे ।
फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्रयाकबाट छिट्टै पारित हुने पनि बताए । यादवले भने ,‘ पहिलेको विधेयकमा संशोधन गरि नयाँ विधेयक संसदमा प्रस्तुत भइसकेको छ ,उक्त विधेयक संसदको यहि अधिवेशनबाट पास हुन्छ , यसमा कसैले शंका नगरे हुन्छ । अहिले संसदमा पेश भएको नागरिकता विधेयकमा कुनै पनि प्रकार (बंशज, अंगीकृत वा जन्मसिद्ध) को नागरिकता पाएकाहरुको सन्तानले बंशजको नागरिकता पाउने प्रावधान समावेश गरिएको जानकारी पनि उनले गराए ।
पत्रकार सम्मेलनमा जसपाका संघीय परिषद अध्यक्ष अशोक राइले वीरगन्जको बैठक पछि जसपा अब पार्टी विभाजन गर्न खोज्नेहरुलाइ एउटा किनारामा छाडेर मूल प्रवाहमा अगाडि बढेको बताए । वीरगन्जको बैठक ऐतिहासीक रहेको भन्दै उनले बैठकले गरेका निर्णयहरुले पार्टीलाइ एउटा नयाँ उचाइमा पपुरयाउने विश्वास लिएको बताए ।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव , केन्द्रिय कार्यकारणी सदस्यहरु रामसहाय यादव , सुशीला श्रेष्ठ , संघीय सांसद नरमाया ढकाल , वीरगन्ज महानगरका मेयर राजेशमान सिंह , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको पनि सहभागीता थियो ।
The post जसपा फुटाउने बाबुरामको सपना चकनाचुर भएको छ : अध्यक्ष उपेन्द्र यादव appeared first on Madhes Khabar.
प्रतिक्रिया