
मधेसखबर
वीरगन्ज,१८जेठः वीरगन्ज महानगर पालिका वडा नम्बर १८ सुखचैना स्थित गिता गजेन्द्र जोशी माध्यमिक विद्यालयलाइ पुर्वमेयर विजय कुमार सरावगीको पहलमा २६ थान पंखा सहयोग गरिएको छ ।
पुर्वमेयर सरावगीको पहलमा वीरगन्जका उद्यमी राम सर्राफले विद्यालयलाइ २६ थान सिलिङ पंखा सहयोग गरेका हुन् ।
बुधबार विद्यालयमै पुगेर पुर्व मेयर सरावगीले विद्यालयका प्रधानाध्यापक राम नारायण मिश्रालाइ ती पंखा हस्तान्तरण गरेका हुन् ।
गर्मीका बेला कक्षाकोठामा विद्यार्थीहरुलाइ पढ्न लेख्न समस्या भएको जानकारी पाएपपछि आफनो आग्रहमा उद्यमी ससर्राफले २६ थान पंखा उपलब्ध गराएपछि बुधबार विद्यालयमा लगेर हस्तान्तरण गरेको सरावगीले बताए । पंखा हस्तान्तरणका बेला पुर्वमेयर सरावगी , प्रधानाध्यापक मिश्रा , विद्यालयका शिक्षक, स्थानीयअगुवा लगायतको पनि सहभागीता रहेको थियो ।
The post पुर्वमेयर सरावगीको पहलमा सरकारी विद्यालयलाइ २६ थान पंखा सहयोग appeared first on Madhes Khabar.
प्रतिक्रिया