मधेसखबर
वीरगन्ज,२२जेठः वीरगन्ज उद्योग वाणिज्य संघले छिन छिनमा विद्युतको लाइन कट्ने समस्या सामधान गर्न नेपाल विद्युत प्राधिकररणसंग आग्रह गरेको छ ।
केहि हप्ता यता वीरगन्ज र यस आसपासका क्षेत्रमा छिन छिनमा विद्युतको लाइन कट्दा यसले आम उपभोक्ताले मात्र नभइ पर्सा बारा औद्योगिक कोरिडोरका उद्योगहरु प्नि नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले आइतबार संघले एक प्रेस विज्ञप्ति नै जारी गरेर विद्युतको आपुर्ति नियमित गर्न प्राधिकरणसंग आग्रह गरेको हो ।
संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा छिन् छिन्मा लाइन कट्ने समस्या (ट्रिपिङ्ग) ले पर्सा बारा औद्योगिक कोरिडोरका अवस्थित उद्योगहरु प्रभावित भइरहेको जनाइएको छ ।यस प्रति विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउदै अध्यक्ष गुप्ताले तत्काल यो समस्या सामधान गर्न आग्रह गरेका छन् ।
दिनहु सात आठ पटक सम्म विद्युतको ट्रिपिङ्ग भइरहदा उद्योगहरुमा कच्चा पदार्थ नोक्सान भइरहेको , उपकरणमा क्षति पुगेको र उत्पादनको गुणस्तरमा पनि कमी आएको गुप्ताले बताएका छन् । त्यसैले यथाशिघ्र विद्युत ट्रिपिङ्गको समस्या समाधान गरी निर्वाध रुपमा सहज ढंगले नियमित विद्युत आपुर्ति गराउन अध्यक्ष गुप्ताले माग गरेका छन् ।
The post छिन् छिनमा लाइन कट्ने समस्या सामधान गर्न उद्योग वाणिज्य संघको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया