मधेसखबर
वीरगन्ज,०८असार : पर्साको पोखरीयामा बुधबार औलो तथा कालाजार रोगको महामारी नियन्त्रण बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरीया नगरपालिकाको स्वास्थ्य शाखाले औलो तथा कालाजार रोगको महामारी नियन्त्रण बारे सरोकारवाला निकायसंग अन्तरकृया गरेको हो ।
पोखरीया नगरपालिककाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्दद्र मिश्रको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरीया अस्पतालकी वरिष्ठ अनमी दीपिका सिंह , जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमूना माध्यमिक विधालयका प्रधानाध्यापक ओमप्रकाश रौनियार, नेपाल राष्ट्रीय प्राथमिक विधालय सतवरियाका प्रधानाध्यापक रामबाबू चौहान , जय हनुमान प्राथमिक विधालय रानीगन्जका प्रधानाध्यापक पारस ठाकुर, बिनोद पाण्डेय, मनोज साह , विजय झा ,पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वा, पोखरीया नगरपालिकाको स्वास्थ्य शाखाका उपसंयोजक विश्वनाथ साह, शिव कुमार पटेल , सारदा देवी रौनियार , संजीव दास तत्वा लगायतको सहभागिता रहेको थियो ।
The post पोखरीयामा औंलो तथा कालाजार रोग नियन्त्रण बारे अन्तरकृयाा सम्पन्न appeared first on Madhes Khabar.
प्रतिक्रिया