मधेसखबर
वीरगन्ज,१०असार : पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ र ५ का किसानहरुलाइ धान ब्लक कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्री र विषादी वितरण गरिएको छ ।
साहस साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि ज्ञान केन्द्र पर्साले किसानहरुलाइ पाल, जाइम , जिन्क , धानबालीमा उम्रने घाँस मार्ने विषादी वितरण गरिएको हो ।
साहस साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नरेश जयसवालका अनुसार , किसानहरुलाइ पाल दुइ सय थान , जाइम २ सय ५७ किलो , जिन्क ५ सय किलो र घाँस मार्ने विषादी ३ सय २५ लिटर वितरण गरिएको हो ।
वडा नम्बर २ मा सखुवाप्रसौनी गाउँपालिकाकी भुतपूर्व उपाध्यक्ष फुलमती देवी थरुनीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष जयसवाल, कृषि ज्ञान केन्द्रका प्राविधिक,स्थानीय अगुवा लगायतको पनि सहभागीता रहेको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरी थारुले जानकारी दिए ।
The post सखुवाप्रसौनीका किसानलाइ कृषि सामाग्री र विषादी वितरण appeared first on Madhes Khabar.
प्रतिक्रिया