मधेसखबर
वीरगन्ज,३१ जेठ : विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका संघसंस्थाहरुलाइ सम्मानित गरेको छ ।
मङगलबार वीरगन्जको होटल मकालुमा आयोजित कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साले वीरगन्जमै रहेर १ सय २ पटक रगत दान गरेका योगेश ढकाललाइ पनि कदर पत्रले सम्मानित गरेको छ । वीरगन्जको रानीघाटमा बस्दै आएका खनालले २०५२ साल देखि हरेक तीन तीन महिनामा स्वस्फुर्त रुपमा रक्तसन्चार केन्द्र वीरगन्जमा पुगेर रगतदान गर्दै आएका छन् ।
यस्तै एक सय पिन्ट (पोका) भन्दा बढि रक्तदान गर्ने पर्सा र बाराका ४० वटा संघसंस्था , आकस्मिक रक्तदान कार्यक्रम गरेका ८ वटा संघसंस्था र रक्त सन्चार केन्द्रमा आएर आकस्मिक रगतदान गरेका ६० जना व्याक्तिहरुलाइ पनि सम्मानित गरिएको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिए । रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्था र रगतदान गर्ने रगत दाताहरुलाइ प्रोत्साहित गर्न सम्मानित गरिएको एशोसियसन पर्साका अध्यक्ष शत्रुधन नेपालले बताए ।
नेपालकै अध्यक्षता र ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सामाजिक अभियन्ता प्रकाश थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए । ब्लड डोनर्स एशोसियसन पर्साका सचिव सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले व्यक्त गरेका थिए ।
The post वीरगन्जमा विश्व रक्तदाता दिवस – १ सय २ पटक रगतदान गर्ने खनाल सम्मानित appeared first on Madhes Khabar.
प्रतिक्रिया