मधेशखबर
१६ असाढ , २०७९
वीरगंज महानगर वडा नम्बर २८ को बगहीमा रहेको एक विधालयमा विहीबार पंखा वितरण गरीएको छ । उपकार सेवा नेपाल नामक एक सामाजिक संस्थाले वडा नम्बर २८ बगहीमा मा रहेको श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक सामुदायिक विधालयमा पंखा विरतण गरेको हो । लोसपाका वीरगंज महानगर अध्यक्ष एव् युवा नेता ओम प्रकाश सरार्फको पहलमा संस्थाकी अध्यक्ष विधा सरावगीले विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साह र प्राध्यानाध्यापक राजेश्वर पाण्डेलाई १० थान पंखा वितरण गरेकी हुन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययनमैत्री बनाईदिन भन्दै सरार्फले उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीलाई आग्रह गरेपछि पंखा उपलब्ध गराईएको सरार्फले जानकारी दिए । पंखा वितरण कार्यक्रममा संस्थाका पारस जैन, अंकुर शर्मा लगायतको पनि उपस्थिती रहेको थियो ।
The post वीरगंज–२८ बगहीको एक सामुदायिक विधालयमा पंखा वितरण appeared first on Madhes Khabar.
प्रतिक्रिया