Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी , देशैभर चुनाव लड्ने

SHARE: 520

मधेसखबर
वीरगन्ज,०७असार : पत्रकारीता छाडेर राजनीतिमा लागेका पत्रकार रवि लामिछानेले नयाँ राजनीतिक दल खोलेका छन् ।
काठमाण्डौको राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरेर लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामक रााजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।लामिछानेले देशैभरबाट क्षमतावान युवाहरुलाइ संसदमा प्रतिनिधीत्व गराउनका लागि समानुपातिक मतको पनि आवश्यकता पर्ने भएकाले नयाँ राजनीतिक दल खोल्नु परेको स्पष्ट पारे ।आफुले व्यवस्था होइन देशको अवस्था बदल्न राजनीति थालेको पनि उनले बताए ।

लामिछानेले अहिलेका राजनीतिक दलबाट दिक्क भएका जनतालाइ नयाँ विकल्प दिन आफुले नयाँ दल खोलेको र आफनो दल अहिलेका दलहरु भन्दा बिल्कुलै पृथक रहेको पनि बताए ।
उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका र घोषणाको तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान पनि गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता जानकारी गराउदै लामिछानेले आफनो दलमा ५१ प्रतिशत सदस्य युवाहरु रहने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा अंगीकार गर्ने पनि उनले बताए ।
आम निर्वाचनका लागि पार्टीले टिके उम्मेदवार बनाउने भन्दै उनले पार्टी भित्र प्रि इलेक्शन गरेर पार्टीका सदस्यहरुले चुनेका व्याक्तिलाइ नै पार्टीले उम्मेदवार बनाउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा कोहि पनि कार्यकर्ता नरहने सबै जना सदस्यहरु मात्रै रहने उनले जानकारी गराए ।
पर्टी सन्चालनका लागि कुनै पनि ठूला उद्योगी व्यवपारीबाट एक पैसा पनि चन्दा नलिने उनले उद्घोष गरे ।

उनले भने ,‘ मलाइ त झापा , डडेल्धुरा वा चितवनबाट चुनाव लड्न मन छ , म ठूला नेताहरुको क्षेत्रमा चुनाव लडड्न डराएको होइन , पार्टीका सदस्यहरुले जुन ठाँउबाट म्याण्डेट दिन्छन् म त्यहिबाट चुनाव लड्छु ।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं,’ उनले भने, ‘एक पटक यसपाली हामी त्यो मेन स्वीच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु, एक जनालाई संसद छिर्नबाट म रोक्छु, त्यसैगरी अर्कोलाई रोक्न तपाईँ, तपाईँ, तपाईं देशैभरीबाट आउनुहोला, रोकौं । वेथितीको यो मेन स्वीचलाई अफ गरिदिउँ ।’

लामिछानेले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

The post रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी , देशैभर चुनाव लड्ने appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी , देशैभर चुनाव लड्ने
रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी , देशैभर चुनाव लड्ने
https://i2.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/ravi-lamichhane.jpg?resize=739%2C409&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_143.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_143.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content