प्रमोद यादव
पर्सा,२९ जेठ : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नमबर ३ पश्चिम देकुलीमा बृजलाल दास थारुको घरगोठमा आगलागी भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।
आगलागीमा परि २ वटा भैंसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताए ।
The post पर्साको देकुलीमा आगलागी हुदा घरगोठ जलेर नष्ट appeared first on Madhes Khabar.
प्रतिक्रिया