![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/thumb-1-3.jpg?resize=993%2C465&ssl=1)
मधेसखबर
वीरगन्ज,१५जेठः सरकारले आउँदो आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट आइतबार सार्वजनिक गर्दैछ ।
जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट शनिबार सार्वजनिक गर्न लागेको हो । सदनमा अर्थमन्त्री जनार्दन शर्माले अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्नेछन् ।
देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न संघीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकांक्षी बजेट ल्याउने तयारी गरेको टिप्पणी भइररहेको छ ।
नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।सरकारले तोकिएको त्यहि सीमा भित्रै रहनेगरी बजेट ल्याउन लागेको हो । बजेट १७ खर्ब हाराहारीको बनेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् ।
बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी छ ।उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिनेगरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ ।
स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुले पनि सुझाव दिएका छन् ।मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई राहत पुग्ने कार्यक्रम ल्याउन र ती कार्यक्रमको कार्यान्वयन पक्षमा ध्यान दिन पनि उनीहरुको जोड छ ।यसअघि चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो ।
The post आगामी आर्थिक वर्षका लागि १७ खर्बको बजेट आउदै appeared first on Madhes Khabar.
प्रतिक्रिया