![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/ipl_final_6DlSrlsZIw.jpg?resize=800%2C533&ssl=1)
मधेसखबर
वीरगन्ज,१५जेठः भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आइतबार हुँदैछ ।
उपाधिका लागि फाइन्mमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन् । फाइनल खेल अहमदाबादमा आइतबार बेलुकी सवा ८ बजे सुरु हुनेछ ।
गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको हो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।
The post आइपिएलको फाइनल भिडन्तमा गुजराज र राजस्थान भिड्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया