मधेसखबर
वीरगन्ज,१५जेठः पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यपालिकाको ४ महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
महिला सदस्यमा कांग्रेसकी लालपरी देवी, रमाउती देवी तेलीन, राधिका देवी हरिजन र सुनिता देवी चौहान निर्विरोध निर्वाचित भएका छन् । गाउँकार्यपालिको ४ महिला सदस्य पदको लागि कांग्रेस बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेका कारण काँँग्रेसका चारै जना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।
गाँउकार्यपालिकाको दुई दलित वा अल्पसंख्यक सदस्य पदको लागि भने ३ जनाको मनोनयन दर्ता भएका कारण निर्वाचन तालिका अनुसार जेठ १६ गते सोमबार मतदान हुने भएको छ । दलित वा अल्पसंख्यक सदस्यको लागि कांग्रेसबाट रामबहादुर साह सोनार, नेकमहमद मियाँ दर्जी र स्वतन्त्रबाट अकलेश कुमार साहको मनोनयन दर्ता भएको छ । साहले स्वतन्त्र उम्मेदवारी दिए पनि उनि एमालेको गाँउपालिका कमिटी अध्यक्ष हुन् ।
दुई दलित वा अल्पसंख्यक सदस्यको लागि गत शुक्रबार ७ जनाले उम्मेदवार दर्ता गराए पनि शनिबार ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।तर स्वतन्त्रबाट मनोनय दर्ता गराएका अकलेश साहले आफ्नो मनोनयन दर्ता कायम राखेका कारण निर्वाचन हुने भएको हो ।
५ वटा वडा रहेको पकाहा मैनपुर गाउँपालिकामा दुई वडा सदस्य वाहेक अरु सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
The post कार्यपालिका सदस्यमा काँग्रेसका चारै जना निर्विरोध निर्वाचित appeared first on Madhes Khabar.
प्रतिक्रिया