Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम

SHARE: 520

महोत्तरी। महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारीको गरिएको छ । जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

“मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा छन्”, मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भन्नुभयो, “सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागिपरेका छन्, यी सबै कार्य आज साँझसम्म सम्पन्न भइसक्ने छन् ।”

जिल्लाका सबै मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सोअनुरुप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “आम मतदाताले भयरहित भई मतदान गर्न सकुन् भन्ने ध्येयलाई प्राथमिकतामा राखिएको र सोअनुसार व्यवस्था गरिएको छ”, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्नुभयो, “आम मतदातालाई निर्धक्क भएर मतदान गर्न हाम्रो आग्रह छ ।”

दक्षिणतर्फ भारतसँगको ३८ किलोमिटर सीमा जोडिएका छ स्थानीय तहका मतदानस्थलको सुरक्षा व्यवस्थामा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । यस्ता ठाउँको सुरक्षा व्यवस्था विशेष चासोसाथ गरिएको जिल्ला प्रशासनले जनाएको छ । “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्, सबैतिर अनुगमनको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “यद्यपि मुख्य पक्ष आम मतदाता, दलहरू र उम्मेदवारमा सकारात्मक चासो हुनपर्छ ।”

मङ्लबार मध्यरातदेखि नै मौन अवधि सुरु भएको छ । यसै अवधिमा मतदानमा प्रभाव पार्न भोजभतेर, एकअर्को पक्षबीच भनाभन, दल र उम्मेदवारका कार्यकर्ता समूहमा निस्कनेजस्ता कार्यले निर्वाचन सुरक्षा र निष्पक्षतामा असर पार्ने हुँदा यस्तो कार्य नगर्न लगातार सचेत गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।

आचारसंहिता सबै पक्षबाट परिपालना गराउन अनुगमन भइरहेकाले अवाञ्छित गतिविधि भए तत्काल कारबाही गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनका लागि यसपालि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन् ।


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम
मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_58.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_58.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content