Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल

SHARE: 520

काठमाडौँ।प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीत हुन गई आमपाठक, श्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्न/नगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध छ ।

‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण गर्दा/गराउँदा, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाचनका क्रममा विसं २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू भई काउन्सिलले सोको अनुगमन गरिरहेको छ ।

उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्न नहुने भनी उल्लेख गरिएको छ ।

त्यसै गरी राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ ।

आचारसंहितामा व्यवस्था हुँदाहुँदै धेरैजसो सञ्चार माध्यमले आचारसंहिता र प्रेस काउन्सिल नेपालको अपिललाई पटक पटक बेवास्ता गरी सःशुल्क वा निःशुल्क नछुट्टिने गरी, तोकिएको साइज, समय वा पटकभन्दा बढी विज्ञापन प्रचारप्रसार गरेको, घृणास्पद अभिव्यक्ति, अमर्यादित, असन्तुलित, एकपक्षीय, तथ्यहीन समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरिरहेको, सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार)ले कुनै दलको पक्ष वा विपक्षमा कार्यकर्ताले झैँ चुनावी नारा, तस्बिर राखिरहेको अनुगमनबाट देखिएको काउन्सिलको भनाइ छ ।


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल
प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/press-council-1024x478.jpg
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_57.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_57.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content