Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध

SHARE: 520

बागलुङ।सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।

अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् ।

“पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ ? यी विषय त चुनावी प्रतिबद्धतापत्रमा आउनुप¥यो नि”, संयोजक गिरीले भन्नुभयो, “मनलाग्दी दोहनले कालीगण्डकीलगायत नदीहरू सङ्कटमा छन्, यिनलाई कसले जोगाउने ?”

उहाँले कालीगण्डकी नदीमात्रै नभएर एक सभ्यता पनि भएकाले यसको संरक्षणको विषयलाई सोलोडोलोरूपमा बुझ्न नहुने बताउनुभयो । “कालीगण्डकी एउटा सभ्यता हो, आफैँमा यो देशकै ठूलोमध्येको एक नदी हो”, संयोजक गिरीले भन्नुभयो, “ढुङ्गागिट्टी उत्खननका नाममा यसमाथि अनियन्त्रित दोहन चलिरहेको छ, नागरिक तहदेखि राज्य संयन्त्र कालीगण्डकी संरक्षणमा गम्भीर बन्नुपर्छ ।”

कतिपय उम्मेदवारका घोषणापत्रमा भने खोलानालाई जोडेर जलाधारण व्यवस्थापन, जैविक विविधतालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको पाइएको छ । बागलुङ नगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रमा ‘कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालिग्राम संरक्षणलाई अभियानका रूपमा अघि बढाइने’, उल्लेख छ ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवारको प्रतिबद्धतापत्रमा भने कालीगण्डकी संरक्षणको मुद्दा कतै समावेश छैन । बरु कालीगण्डकीको सहायकखोला काठेखोलामा बहुआयामिक पर्यटन प्रवद्र्धन जलविहार परियोजना सञ्चालनको प्रतिबद्धता जनाइएको छ । अभियानले चुनावपछि कालीगण्डकी आसपासका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि र सरोकार भएका पक्षलाई राखेर पर्यावरण संरक्षणसँगै मौलिक विकाससम्बन्धी बहस थाल्ने तयारी गरेको छ ।

मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । दुई वर्षअघि जन्मेको अभियानमार्फत ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलिरहेको छ । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । ‘नदी सप्तक’ ९४औँ शृङ्खलामा पुगिसकेको अभियानले जनाएको छ ।

कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी…’ गीत पनि सार्वजनिक गरिएको संयोजक गिरीले बताउनुभयो । उक्त गीतलाई कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा लिन सकिने उहाँको भनाइ छ ।

संयोजक गिरीले प्रकृति र मानवताप्रेमी जो–कोहीले कालीगण्डकीमाथिको निर्मम दोहनको खुलेर विरोध गर्नुपर्ने धारणा राख्नुभयो । गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने उहाँको तर्क छ । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पु¥याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्र स्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्ति क्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो ।रासस


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/05/1624709880_Kaligandaki-Tinau-Diverson--1024x478.jpg
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_56.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_56.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content