मधेसखबर
वीरगन्ज,१६जेठः गुजरात टाइटान्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।
पहिलो पल्ट आईपीएल क्रिकेट खेलेको नवप्रवेशी टिम गुजरातले फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको हो ।
अमहदावादमा आइतबार राति भएको फाइनल खेलमा १३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा भेट्याएको हो ।
त्ष्सअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले पुरा २० अभेरमा १३० रन मात्र बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाएका थिए ।
गुजरातलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।यस्तै गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङ तर्फ तीन विकेट लिनुका साथै ब्याटिङ तर्फ ३४ रन पनि बनाएका थिए ।
लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।
क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको थियो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक यसपाली फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भएको हो ।
The post आइपिएलको उपाधि गुजरातलाइ appeared first on Madhes Khabar.
प्रतिक्रिया