
काठमाडौं । काठमाडौंमा जारी दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आज (शनिबार) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिष्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे शुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि नेपाल र जिम्बावेबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया