वीरगंज, १६ जेठ । पचरौता नगरपालिकाको नगर प्रमुख जलान्धर सिंह जैसवारले पचरौता नगरपालिकामा पदभार ग्रहण गर्नुभएको छ ।
पहिलो बैठकबाट उहाँले निर्णयहरू गर्नुहुँदै पचरौता नगरपालिकाबाट सम्पूर्ण दर्ता प्रक्रिया निःशुल्क हुनेछ । नगरपालिकाबाट हुने नागरिकता प्रमाणपत्र /सर्जमिन/प्रतिलिपि/जन्म दर्ता दस्तुर –मृत्यू दर्ता दस्तु/जन्म मिति प्रमाणित/विवाह दर्ता दस्तुर/ अविवाहित प्रमाणित / दलित/ मधेशी/अपांग प्रमाणितको लागि सिफारिस हुने बताउनुभयो ।
यसैगरी सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा सिफारिस निःशुल्क गनुभएको प्राप्त विवरणमा उल्लेख छ ।
प्रमाणित दस्तुर, घर पाताल प्रमाणित दस्तुर, नाता प्रमाणित दस्तुर जिवित संगको नाता प्रमाणित, हकवाला वा हकदार प्रमाणित, चार किल्ला प्रमाणित, संरक्षण प्रमाणित, विद्युत मिटर सिफारिस, घरवाटो सिफारिस दस्तुर, संस्थागत र व्यक्तिगत संरक्षक प्रमाणित दस्तुर, फरक नाम थर जन्म मिति प्रमाणित दस्तुर, बाटो प्रमाणित , नाम फरक तथा एउटै हो प्रमाणित, वैवाहिक अंगिकृत नागरिक्ता सिफारिस, प्रचलित कानुन बमोजिम प्रायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने दस्तुर निःशुल्क गर्नुभएको प्राप्त विवरणमा उल्लेख छ ।
यसैगरी पचरौता नगरपलिका अन्तर्गत संघिय सरकार प्रदेश सरकार तथा यस पचरौता नगरपालिकाको समन्वयमा नगरपालिकाको केन्द्रमा १०० बेडको सुबिधा सम्पन्न अस्पताल निर्माणको लागि तुरून्त प्रक्रिया अगाडि बढाउने, एम्बुलेन्स पचरौता नगरपालिकाको स्थानीय जनताको लागि यस नगरपालिका क्षेत्रबाट बारा, पर्सा, रौतहट तथा छिमेकि राष्ट्र भारतको बिहार राज्यको मोतिहारी सम्म लाग्ने भाडा निशुल्क गर्ने, सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०७९ देखि बाल विकास/शिशु कक्षामा अंग्रेजी माध्यममा पठनपाठन गर्ने गराउने र आउदो शैक्षिक सत्र देखि यसलाइ माथिल्लो कक्षामा समेत लागु गर्दै जाने, विद्यालय जाने सबै उमेर समुहका बालबालिकाहरूलाइ विद्यालय भर्ना गराउन प्रेरित गर्न अभियान संचालन गर्ने, महिला हिंसा मुक्त सभ्य समाज घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गर्ने, किसानहरूको लागि कृषि बिधुत महसुल निशुल्क गरि नेपाल विद्युत प्राधिकरणलाइ यस नगरपालिकाबाट बेहोर्ने निर्णय भएको छ ।

प्रतिक्रिया