Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बजार अनुगमनमा विभागको सक्रियता

SHARE: 520

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, विभिन्न बहानामा अस्वाभाविक मूल्य वृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ।

विभागका महानिर्देशक लीला प्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छित क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारबाही गर्ने बताउनुभयो। उहाँले हाल दैनिक कम्तीमा ४ वटा अनुगमन टोलीले बजार अनुगमनको काम गरिरहेको र गलत कार्य गरेको पाइए उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम सजाय तथा जरिवाना हुने स्पष्ट पार्नुभयो। महानिर्देशक शर्माले आम उपभोक्तालाई पनि कहीँ कसैबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय तह, स्थानीय प्रशासन, हेलो सरकार वा विभागको पैसा नलाग्ने टोल फ्री नं। ११३७ मा जानकारी दिन समेत अपिल गर्नुभयो।

अनुगमन टोलीले बजारमा ग्याँसको अभाव भएको जनगुनासोबारे नजिकबाट अनुगमन गरिरहेको र अनुगमनका क्रममा गएको एक सातामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कैफियत देखिएका विभिन्न ग्यास डिपोहरूलाई कारबाही गरेको छ । त्यसमध्ये काठमाडौँ महानगरपालिका ३४ सहयोगी नगरको डिपोलाई खरिद बिल नभएको, महानगरपालिका ३२ सुविधा नगरको डिपोलाई बिल नभएको, महानगरपालिका २९ अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानुन पालना नगरेको, अनुगमनमा असहयोग गरेको, चन्द्रागिरी नगरपालिका १५ र १४ मा अनुगमनका क्रममा खरिद बिल नदेखिएको साथै ललितपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको लगायतका कसुरमा विभिन्न कारबाही तथा जरिवाना गरिएको पनि विभागले जनाएको छ।

यसैगरी विभागले बिहीबार अनुगमनको क्रममा नेपालमा आयात प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री वितरण गर्ने विभिन्न पसललाई समेत कारबाही गरेको छ ।

सरकारले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजार अनुगमन गर्दा काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जीव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एन्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो। उनीहरूलाई तारेखमा राखेर थप छानबिन भइरहेको महानिर्देशक शर्माले जानकारी दिनुभयो।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि न्यु रोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको थियो। सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री वितरणमा रोक लगाएको थियो।

विभागले गत चैत महिनामा पनि हार्डवेयर १३, खाद्यवस्तु २१, अन्य ६, तरकारी तथा फलफूल ५, किराना पसल ४, ग्यासका तीन, मार्ट/मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तीजन्यका २ गरी एक सय ५० वटा फर्ममा अनुगमन गरेको थियो ।

त्यसैगरी जुत्ता चप्पलका एक, फर्निचर एन्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेकोमा ७४ वटालाई जरिवाना गरिएको र २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको महानिर्देशक शर्माले जानकारी दिनुभयो। त्यस्तै, ३० वटा फर्मलाई आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ।

यसअघि वैशाख ८ गते पत्रकार सम्मेलन गरी विभागले चालु आर्थिक वर्षको त्यस अवधिसम्म २१८७ व्यापारिक फर्महरूमा अनुगमन गरी कैफियत देखिएका १०१२ फर्मलाई कारबाही स्वरूप १ करोड १८ लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना गरेको जानकारी दिएको थियो ।


प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,2,news,742,
ltr
item
Brahmastra Daily: बजार अनुगमनमा विभागको सक्रियता
बजार अनुगमनमा विभागको सक्रियता
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/04/banijya-bibhag.jpg
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/04/blog-post_30.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/04/blog-post_30.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content